add

आजको मन्त्रिपरिषद् बैठकले के के निर्णय गर्यो ?






ActPro Nepal

|

३ कार्तिक, २०७८

|
510

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढी र पहिरो पीडितलाई उचित राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी र पहिरोबाट घर भत्केकालाई सुगम र दुर्गम क्षेत्र हेरी राहत प्याकेज घोषणा गरेको हो । तराईकाले ३ लाख, पहाडकाले ४ लाख र हिमालकाले ५ लाख पाउनेछन् । 

अप्रत्यासितरूपमा तीन दिनदेखि अविरल वर्षापछि गएको बाढी र पहिरोबाट हालसम्म ५० जनाको मृत्यु र ३९ जना वेपत्ता भएका गृहमन्त्रालयले जनाएको छ । डुबानमा परी प्रदेश १, सुदूरपश्चिम प्रदेश लगाएत धेरै क्षेत्रमा हरारौं हेक्टरमा लगाइएको धानबाली नष्ट भएको छ । 

सरकारका गृहमन्त्री बालकृष्ण खाँडले सरकारले पीडित परिवारलाई राहत दिने घोषणा गरेको जानकारी दिए । बैठकले बाढी र पहिरोबाट अबरुद्ध भएका सडक, विद्युत, खानेपानी लगायत पूर्वाधार तत्काल सूचारु गर्ने निर्णय पनि गरेको छ ।

साथै बाढी र पहिरोमा फसेका घाइते, वेपत्ताहरूको तत्काल उद्धार तथा खोजी गर्ने र आवास पुनर्निमाणको मापदण्ड बमोजिम निजि तथा आवस्यकता अनुसार सामूहिक आवासको निर्माण गर्ने निर्णय गरेको छ ।  

तत्काल प्रतिपरिवार ५० हजार उपलब्ध गराउने, एकजना मात्र मृत्यु हुनेमा प्रतिपरिवार दुई लाख, एक भन्दा बढी मुत्यु हुने प्रति परिवालाई थप एक लाख गरी तीन लाख र बाढी र पहिरोमा परी घाइते हुनेलाई निःशुल्क उपचार गर्ने सरकारले जनाएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.