add

राप्रपा जिल्ला अधिवेशनको समयावधि कात्तिक १४ सम्म






ActPro Nepal

|

२५ असोज, २०७८

|
1184

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला अधिवेशनको समयावधि आगामी कात्तिक १४ गतेसम्म तोकेको छ । 

आगामी कात्तिक २७ देखि ३० गतेसम्म हुन लागेको महाधिवेशनका सन्दर्भमा सक्रिय सदस्यता वितरणको समयावधि कात्तिक १० गतेसम्मका लागि थप गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।  

प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन कात्तिक ११ देखि १७ गतेसम्म गरिने छ । सात प्रदेश कार्यसमितिको अधिवेशन कात्तिक २३ गतेसम्म सम्पन्न गरिने जनाइएको छ । 

 जिल्लाका हकमा सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्रि गर्ने म्याद कात्तिक १५ गतेसम्म, प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन कात्तिक १७ गतेसम्म र जिल्ला अधिवेशन कात्तिक २३ गतेसम्म सम्पन्न गरिने छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.