add

ईश्वर पोखरेल भन्छन्–अदालतले राजनीति गर्नु हुँदैन






ActPro Nepal

|

२४ असोज, २०७८

|
1059

काठमाडौं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अदालतले अदालत जस्तो हुनुपर्ने भन्दै राजनीतिक गर्न नहुने बताएका छन्।   

आइतबार पत्रकारसँगको भेटघाट कार्यक्रममा नेता पोखरेलले सो कुरा बताएका हुन् । ‘सम्मानित सर्वोच्च अदालतले राजनीति गर्ने होइन्, कानुनको हेक्का राखेर चल्नुपर्छ,' महासचिव पोखरेलले भने।

 नेता पोखरेलले ओली सरकारले ताजा जनादेशमा जानुपर्छ भनेर संसद विघटन गरेको बताए। उनले भने,' अहिले संसदमा तमासा देख्नु भएको छ ? संसदमा हुनेले संसदको भूमिका नै निर्वाह गर्न सकेका छैनन्।' संसद्‍मा अवरोध कहिलेसम्म गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले सभामुखले अमर्यादित काम गरेको र त्यो नसच्याएसम्म संसद अवरुद्ध गरिरहने बताए ।

उनले आफ्नो पार्टी राष्ट्रिय राजनीतिको स्थिति कसरी सबल बनाउने भन्नेतिर अर्जुन दृष्टि रहेको बताए । आफ्नो सरकार सत्तामा रहँदा निर्वाचनका लागि गरिएको घोषणापत्रअनुसार नै काम गर्दै आएको उनको दावी छ।

'निर्वाचनमा गरिएका प्रतिबद्धताअनुसार काम गरेका छौं, गरेका काम हेर्न सक्नुहुन्छ, 'उनले भने। नेतृत्व छनोटलाई व्यवस्थित बनाउन प्रथम विधान अधिवेशन गरेको जानकारी दिँदै उनले मंसीरमा हुन लागेको राष्ट्रिय महाअधिवेशनमा परिस्थिति र आवश्यकता अनुसारको पदमा उम्मेदवारी दिने भन्दै तत्काल यो वा त्यो पद भनेर घोषणा गर्न नचाहेको स्पष्ट पारे।

केन्द्रीय राजनीति दुईवटा पोलमा चलेको उनको जिकिर छ। उनले भने,' एउटा नेकपा एमाले गरेको लिड, अर्को गठबन्धनकारीहरुले गरेको लिड। एमालेले  लिड गरेको पोलमा आर्थिक विकास र समृद्धिका कुरा, राष्ट्रिय स्वाभिमान र विकास निर्माणका सपनाका कुरा यो पोलको राजनीतिक छ,भने अर्को पोलमा गठबन्धनकारी शक्ति छन्। ती सबैका कुरा संविधान र कानुनअनुरुप कति छन्, सत्ताका लागि कति छन्, मूल्यमान्यताका लागि कति छन्, यहाँहरुले देख्नु भाकै छ।'


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.