add

विश्वासको मत लिने मुख्यमन्त्री शाक्यको तयारी, यस्तो छ गणित






ActPro Nepal

|

२४ असोज, २०७८

|
884

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आज विश्वासको मत लिँदैछन् ।

एमाले विभाजनसँगै अल्पमतमा परेपछि शाक्य नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

त्यसका लागि दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ । एमालेका १३ जना प्रदेशसभा सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेपछि सरकार अल्पमतमा परेको थियो । गत भदौ २ मा एमालेको एकल बहुमतबाट सत्तारोहण गरेकी मुख्यमन्त्री शाक्यले संसद्मा विश्वासको मत पाउने सम्भावना देखिँदैन । १०९ जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा सरकार जोगाउन शाक्यलाई ५५ सांसद चाहिन्छ । तर‚ ५६ सांसदसहित बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्यसँग हाल ४३ सांसद मात्रै छन् ।

एमालेले अन्य दलसँगको साझेदारीमा संसद्मा विश्वासको मत पाउने दाबी गरिरहेको छ तर‚ गठबन्धनबाहिर रहेका अन्य साना दलसँग मिल्दा पनि मुख्यमन्त्री शाक्यका लागि आवश्यक मत पुग्दैन । केन्द्रमा रहेको पाँच दलीय गठबन्धनको बागमती प्रदेशमा चार घटक छ । प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का २३, नेपाली काँग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३ र जनता समाजवादी पार्टीका एक गरी विपक्षी गठबन्धनसँग ६० जना सांसद छन् ।

४३ जना सांसद रहेको एमालेले गठबन्धनबाहिर रहेको विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग सहकार्य गर्दा पनि आवश्यक मत पुर्‍याउन सक्दैन । संसद्मा विवेकशीलसँग तीन तथा राप्रपा र नेमकिपासँग दुई दुई सांसद छन् । ती सबैलाई जोड्दा एमालेसँग ५० मत मात्रै हुन्छ । जुन प्रदेश सरकार टिकाउनका लागि अपर्याप्त हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.