add

दुई दिनपछि सरकार विस्तार हुन्छः प्रचण्ड






ActPro Nepal

|

२ असोज, २०७८

|
790

जनकपुरधाम । सत्तारुढ माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४ असोजपछि सरकार विस्तार हुने बताएका छन् । पार्टीका प्रशिक्षण कार्यक्रम पश्चात जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले सरकार विस्तारमा कुनै समस्या नरहेकाले ४ असोजपछि विस्तार हुने बताए ।

‘गठबन्धनमा कुनै मतभेद वा समस्या छैन,’ उनले भने, ‘अब सरकार विस्तार हुन्छ ।’ संविधानलाई सबैमा रहेका असन्तुष्टिलाई समाधान गर्न संविधान संशोधनको विषयलाई अगाडि बढाउने प्रचण्डको भनाइ थियो ।

‘म प्रधानमन्त्री हुँदा दुई पटक संविधान संशोधनको प्रस्ताव लगेको थिएँ,’ प्रचण्डले भने, ‘तर केपी ओली कमरेडको कारण संशोधन हुन सकेन । अब त्यस विषयलाई राष्ट्रव्यापी रूपमा अगाडि लिएर जान्छौ ।’ एमसीसीलाई संशोधन गरेर मात्र पास गर्न सकिने प्रचण्डले बताए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.