add

नेपाली कांग्रेस (बीपी)को विशेष महाधिवेशन भदौ ३० देखि






ActPro Nepal

|

२९ भदौ, २०७८

|
747

काठमाडौं । नेपाली कांग्रेस (बीपी) को विशेष महाधिवेशन यही भदौ ३० देखि काठमाडौंमा हुने भएको छ । नेपाली कांग्रेस (बीपी) ले आज पत्रकार सम्मेलन गरी पार्टीको आधिकारिक धारणा बनाउन विशेष महाधिवेशन गर्न लागेको जानकारी दिएको हो ।

सम्मेलनमा नेपाली कांग्रेस (बीपी) का सभापति हरिबोल भट्टराईले नेपाली कांग्रेस (बीपी) किन बनाउनुपर्‍यो ? यसको नीति, उद्देश्य, योजना र कार्यक्रम के-के छन् ? सङ्गठनात्मक नीति तथा कार्यनीति कस्तो छ ? अन्य पार्टीसँग कस्ता मतभेद छन्लगायतका प्रश्नको उत्तर दिन भदौ ३० देखि असोज १ गतेसम्म विशेष महाधिवेशन गर्न लागिएको जानकारी दिए ।

नेपाली कांग्रेस (बीपी) ले एमसीसी सम्झौता खारेज गर्न, भ्रष्टाचारीलाई कारबाही गर्न, पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न, निर्मला हत्या काण्डलगायतका बलात्कारका घटनाका दोषीलाई कारबाही गर्न पत्रकार सम्मेलनमार्फत सरकारको ध्यानाकर्षणसमेत गरेको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका नेता एवं समाजवादका प्रवद्र्धक जननायक बीपी कोइरालाका विचारलाई जनस्तरमा पुर्‍याएर समृद्ध समाज निर्माण गर्नका लागि विसं २०७२ भदौ २४ मा नेपाली कांग्रेस (बीपी)को स्थापना गरिएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.