add

एमाले स्थायी कमिटी बैठक बस्दै,यस्ता छन् एजेन्डा






ActPro Nepal

|

१७ साउन, २०७८

|
873

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दैछ। 

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आइतबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको हो। 

पार्टी एकताको पहल गर्न भन्दै शनिवार केही बेर बसेर बैठक स्थगित भएको थियो। 

आजको बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णतालगायतका विषयमा छलफल हुने बताइएको छ।यस्तै जारी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोग गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे छलफल हुनेछ।

बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल समुह सहभागि हुने वा नहुने टुंगो लागेको छैन। शनिवारको बैठकमा नेपाल पक्ष सहभागि थिएन। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.