add

मच्छिन्द्रनाथ रथारोहण जात्रामा विवाद कमल थापाले भने- संस्कृतिमाथि दमन भयो






ActPro Nepal

|

१८ भदौ, २०७७

|
799

काठमाण्डौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरोकारवाला पक्षसँग छलफल र समन्वय गरी रातो मच्छिन्द्रनाथ रथयात्रा नियमित गर्न आग्रह गरेका छन्।

उनले ट्वीट गर्दै सांस्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध नगर्न पनि आग्रह गरेका छन्। रातो मच्छिन्द्रनाथको रथयात्रा तान्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप भएपछि थापाले यस्तो आग्रह गरेका हुन्।

अध्यक्ष थापाले भनेका छन् "सम्वन्धित पक्षसॅग छलफल/समन्वय गरी तथा स्वास्थ/सुरक्षा मापदण्ड पालना गर्दै ललितपुरको मच्छिन्द्रनाथ रथ तान्ने कार्य सुचारु गर्न सरकारसँग अनुरोध छ। सांस्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध/दमन हुनुहुँदैन। धर्म/संस्कृतिको रक्षाका साथै विद्यमान परिस्थितिमा संयम राख्न सबैमा अपिल छ।"



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.