add

जोखिममा रहेर हाम्रो ज्यान बचाउने चिकित्सक र स्वास्थ्यकर्मी माथिको दुर्व्यवहार रोकौ : तरुण दल






ActPro Nepal

|

८ भदौ, २०७७

|
1186

काठमाडौं । नेपाली तरुण दलले कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर सेवा दिँदै आएका स्वास्थ्यकर्मीहरूप्रति दुर्व्यवहार, अपहेलना, आक्रमण भएको भन्दै गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सोमबार बिहान विज्ञप्ति जारी गरेर स्वास्थ्यकर्मी र चिकित्सकहरूमाथि हुने कुनै पनि प्रकारको दुर्व्यवहारको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

‘विगत केहि दिनदेखि लगातार रुपमा देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी लगायत समाजको अग्रपंक्तिमा उभिएर सेवा प्रदान गर्ने पेशा, समुदायलाई हुँदै आएको दुर्व्यवहार अपहेलाना र आक्रमणप्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिा भनिएको छ ।

‘त्यसैले यस्तो अमानवीय व्यवहारमा संलग्न जोसुकै होस कारवाहीको दायरामा ल्याउन र अग्रपंक्तिमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउनका निम्ति सरकार समक्ष नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

पछिल्लो समयमा समुदायस्तरमा नै कोरोना महामारी फैलिएको भन्दै अध्यक्ष बस्नेतले देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको बताए । उनले निषेधाज्ञामा सहयोग गर्दै स्वास्थ्यका लागि तोकिएको मापदण्ड कार्यान्वयन गर्न पनि अनुरोध गरेका छन् ।

‘यस्तो विषम परिस्थितिमा समाजको अग्रपंक्तिमा रहि जोखिमपूर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ताप्रति नेपाल तरुण दल केन्द्रीय समिति उच्च सम्मान प्रकट गर्दछ’, उनले भनेका छन् ।

काठमाडौंसहित देशका विभिन्न स्थानमा कोरोना महामारीका बेला चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई दुर्व्यवहारका घटनाहरू भएपछि तरुण दलले सो विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता कार्य नगर्न अपील गरेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.