add

निधिको सिफारिसमा देउवा गरे क्रियाशील सदस्यनै नरहेको व्यक्ति विभागमा मनोनीत






ActPro Nepal

|

७ भदौ, २०७७

|
1535

काठमाडौं । सभापति शेरबहादुर देउवाले कांग्रेसलाई सिध्याएको आरोप लागिरहेका बेला उपसभापति विमलेन्द्र निधिले कनिष्ठ व्यक्तिलाई कांग्रेसको विभागमा मनोनीत गरेका छन् । विवादकैबीच  वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा।शशांक कोइराला समूहले बहिस्कार गरेका एक जनालाई देउवाले मनोनीत गरेका हुन्  ।

निधिको सिफारिसमा जनसम्पर्क समिति समन्वय विभागको सदस्यमा कांग्रेसको क्रियाशील सदस्य नै नभएको व्यक्ति मनोनीत भएको रहस्य बाहिर आएपछि देउवा र निधि दुबैको आलोचना भएको छ ।

कांग्रेस उपसभापति निधिको दवाव र सिफारिसमा अष्ट्रेलियामा बस्दै आएका सुजितकुमार सिंह विभागको सदस्यमा मनोनीत भएका हुन् । सुजितकुमार विभागको सदस्य मनोनीत भएपछि प्रदेश २ र अष्ट्रेलियामा रहेका कांग्रेसका शुभेच्छुकहरूले कांग्रेसको नेतृत्वमाथि वितृष्णा पैदा भएको जनाएका छन् । सुजितकुमारको सबैले आलोचना गरिरहेका छन् ।

विभागको सूचीमा रौतहट जिल्ला घर भएपनि सुजितकुमारको ठेगाना बारा भनेर लेखिएको छ । उनी लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका छन् ।

आर्थिक चलखेल गरेर सुजितकुमारले विभागको सदस्य पड्काएको स्रोतले जनाएको छ ।

कांग्रेसको विभागहरूमा वरिष्ठ नेताहरूलाई राख्ने जनाइएको थियो । तर, विभागहरूमा क्रियाशील सदस्य नै नरहेको व्यक्तिलाई नियुक्ति गरेपछि कांग्रेस पार्टीको नेतृत्वमाथि नै प्रश्न उठ्न थालेको छ ।

कांग्रेसमा लामो समयदेखि योगदान गर्दै आएका सिनियर नेताहरू छन् । ती सिनियर नेताहरूलाई बेवास्ता गरेर विभागमा कनिस्ठलाई नियुक्ति गरेपछि विरोध भएको छ ।

जनसम्पर्क समितिमा कांग्रेस साभापति देउवाले जम्मा सात सदस्यीय मात्रै बनाएका छन् । विभागले पूर्णता पनि पाएको छैन ।

विभागमा कांग्रेसको क्रियाशील सदस्य नै नभएको व्यक्तिलाई सभापति देउवाले मनोनीत गरेर पार्टीभित्रका सिनियर नेताहरूको अपमान र मानमर्दन गरेको आरोप लागेको छ ।

सुजितकुमारका बुवा बज्रकिशोर सिंह पूर्वराज्यमन्त्री पनि हुन् । पूर्वसांसद समेत रहेका बज्रकिशोर सिंह पछिल्लो समय विमलेन्द्र निधिको गुटमा लागेका छन् ।

निधिको गुटमा लागेर क्रियाशील सदस्य समेत नरहेका छोरा सुजितलाई विभागको सदस्य बनाउन सफल भएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.