add

आज पनि नेकपा स्थायी कमिटी बैठक बस्दै






ActPro Nepal

|

२ साउन, २०७७

|
840

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज शुक्रबार पनि बस्न लागेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अध्यक्ष केपी शर्मा ओली र पुुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बैठकको तयारीका विषयमा छलफल भयो ।

छलफलमा कुनै सहमति नभए पनि बैठक नरोकिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूूर्य थापाले जानकारी दिए । अध्यक्षद्वयबीच छलफल जारी छ, शुक्रबार पुनः छलफल हुन्छ तर पहिला निर्धारण गरिएको र बैठक नरोकिँने उनको भनाई छ ।

अध्यक्षद्वयबीच भएको छलफलमा पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालसमेत सहभागी रहेका थिए । उनी स्थायी कमिटी बैठक बस्नेमा सहमत भएका छन् । स्थायी कमिटीमा प्रस्तुत कार्यसूचीमा हुने छलफललाई कसरी व्यवस्थित र मूर्त रूप दिने विषयमा नेताबीच छलफल भएको जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.