add

‘राम पनि भारतीय होइनन, अयोध्या पनि भारतीयको होइन’-प्रधानमन्त्री






ActPro Nepal

|

३० असार, २०७७

|
565

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउनु भएको छ ।

भानु जयन्तीका अवशरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताउनु भएको हो । प्रधानमन्त्री ओलीले भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको बताउनु भयो ।

‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ । तथ्यहरुमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ, हामीले सीता भारतका राजकुमार रामलाई दियौँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले ।

अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन ।’ प्रधानमन्त्री ओलीले भारतमा अयोध्याबारे भीषण विवाद रहेको तर, नेपालमा रहेको अयोध्यबारे कुनै विवाद नरहेको बताउनु भयो ।

‘अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यही नेपालमा, र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डित जी रिडीका,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यसकारण सन्तान राम पनि भारतीय होइनन, ठाउँ अयोध्या पनि भारतीयको होइन ।’

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न समेत गर्नुभयो । त्यो समयमा कुनै सञ्चार सुविधाविना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उहाँको भनाई थियो ।

‘यहाँ जनकपुर, उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको विहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन न मोबाइल कताबाट थाहा होस् ।

थाहा हुन सम्भव थिएन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नजिकै पर्थो सजिलैसँग गए होलान् तर त्यो इतिहास बहस गरी साध्य छैन फेरि एक हमलामाथि अर्को…।’प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको भए पनि त्यो श्रृंखलाले निरन्तरता पाउन नसकेको धारणा पनि राख्नुभयो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.