add

आपतकालीन सेवाको लागि जुट्न सबै जिल्ला समितिलाई तरुणदलको आग्रह






ActPro Nepal

|

२६ असार, २०७७

|
1287

काठमाडौं । नेपाल तरुण दल सबै जिल्ला समितिलाई आपतकालीन सेवाको लागि जुट्न  आग्रह गरेको छ । तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले शुक्रबार विज्ञप्ति जारी गर्दै आफ्ना सबै जिल्ला समितिलाई अविरल वर्षाको कारण विपद सुरु भएकाले राहत तथा उद्धारमा जुट्न आग्रह गरेका हुन् ।

विहिबारदेखि देशभर सुरु भएको वर्षाको कारण   सिन्धुपाल्चोक, म्याग्दी, बझाङ, कास्की लगाएत देशका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति भएको छ ।

उक्त विपदमा कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगाएतका सामाजिक संघ संस्थाहरु एवं मातृपार्टी र अन्य भातृसंगठन संग पनि आवश्यक समन्वय सहकार्य गर्न निर्देशनमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ - अविरल रुपमा वर्षा भई बाढी पहिरोको कारण केही दिन देखि सिन्धुपाल्चोक, म्याग्दी, बझाङ, कास्की लगाएत देशका विभिन्न ठाउँमा हामीले ठुलो जनधनको क्षति व्यहोरीसकेका छौ ।

जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार अझै केही दिन लगातार वर्षा हुने पुर्वानुमान गरिएको छ । यस्तो समयमा खोला, नदी, नालाहरुमा पानीको बहाव बढ्ने र र बाढी र पहिरोको जोखिम पनि उत्तिकै बढी रहने सम्भावना रहन्छ ।

त्यसैले यस्तो अवस्थामा आफ्नो जिल्ला, क्षेत्रमा हुन सक्ने विपद जोखिमको पुर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्यार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरुलाई नेपाल तरुण दल केन्द्रिय समिति निर्देशन गर्दछ ।

साथै यस्तो विपदको बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगाएतका सामाजिक संघ संस्थाहरु एवं मातृपार्टी र अन्य भातृसंगठन संग पनि आवश्यक समन्वय सहकार्य गर्न निर्देशन सहित यो परिपत्र गरिन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.