add

कम्युनिस्टहरु हल्ला मच्याउने र समस्या उत्पन्न गर्ने तर समाधान दिन नसक्ने:पौडेल






ActPro Nepal

|

२१ असार, २०७७

|
597

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले हल्ला मच्चाउन र समस्या जन्माउन सक्ने तर समाधान दिन कहिल्यै नसक्ने टिप्पणी गरेका छन् ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले वाग्मती प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसँग गरेको छलफलमा नेता पौडेलले विश्वमा कम्युनिस्टहरु हल्ला मच्याउने र समस्या उत्पन्न गर्ने तर समाधान दिन नसक्ने पुष्टि भइसकेको टिप्पणी गरेका हुन् ।

पौडेलले कम्युनिस्टहरु मुलुकका समस्या समाधान गर्ने बाटोमा प्रवेश गर्न नसकेको बताउदै अहिले कम्युनिस्टहरुले पाएको झण्डै दुई तिहाइको जनमत मुलुकका लागि नै दुर्भाग्यपूर्ण हुनेमा आशंका व्यक्त गरे।

उनले दुईतिहाई बहुमत मुलुकको समस्या समाधान गर्नका लागि सहयोगी हुनुपर्नेमा त्यस्तो हुन नसकेको बताएँदै परिवर्तन संस्थागत गर्न र विकासको गति अगाडि बढाउनका लागि कम्युनिष्टहरुले पाएको दुईतिहाई मत समस्या बन्ने हो कि भन्ने शंका उत्पन्न भएको बताए।

नेता पौडेलले मुलुकमा संकट परेका बेलामा भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो गर्नु नै कम्युनिष्टहरुको वैज्ञानिक समाजवाद हो भनि प्रश्नसमेत गरेका थिए।

विश्वका पुँजीवादी देशहरु र कम्युनिस्ट देशहरु पनि उपभोक्तावादी भइसकेको भन्दै विश्वमा देखिएको समस्या नै पूँजीवाद र साम्यवादले नभई प्रजातान्त्रिक समाजवादले समाधान गर्ने पौडेलको भनाइ थियो।

उनले कांग्रेसको १४ औं महाधिवेशन त्यो मिशनका लागि भिजन भएको कांग्रेस बनाउने बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.