add

नेविसंघ नेतृत्वप्रति देउवाको आक्रोश -'गाउँगाउँमा संगठन बनाउन नसक्ने,काठमाडौंमा भाषण गरेर बस्ने'






ActPro Nepal

|

१९ असार, २०७७

|
1130

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको नेतृत्व प्रति आक्रोश पोखेका छन् । कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९६र्औ जन्म जयन्तीको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनी नेविसंघले संगठन विस्तारमा काम नगरेकोप्रति आक्रोशित भएका हुन् ।

गाउँगाउँमा, स्कुल स्कुलमा संगठन बनाउन नसक्ने तर काठमाडौंमा भाषण गरेर बस्ने प्रवृतिले विद्यार्थी संगठन कमजोर बनेको सभापति देउवाको भनाइ छ । सभापति देउवाले पहिला गाउँ र स्कुलमा गएर नेविसंघ बनाएर मात्र आफुसँग कुरा गर्न आउन विद्यार्थी नेताहरुलाई निर्देशन दिए ।

आफू अहिले सम्म चारपल्ट प्रधानमन्त्री भएको तर अहिलेको कोहीपनि विद्यार्थी नेताहरु भविश्यमा प्रधानमन्त्री बन्ने लायकको नभएको भन्दै लाज मन्नुपर्ने अवस्था आएको देउाको भनाइ छ ।

सभापति देउवाले कोरोना महामारीको बेला कार्यक्रम किन गरेको भन्दै विद्यार्थीहरुलाई प्रश्न समेत गरे । उनले सामाजिक दुरी नराखी कोरोनाकाबीच कार्यक्रम आयोजना गरिएको भन्दै असन्तुष्टि समेत जनाए । सभापति देउवाले अहिले नेविसंघ भित्र देखिएको विवाद केही पनि नभएको र दुई पक्षबिच कुरा गरी समस्याको समाधान निकालिने बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.