add

'विवाहको भोलिपल्टै नागरिकता दिने विधेयकलाई ठिक हो भन्ने राजनीतिक पार्टी राष्ट्रघाती'- युवा नेतृ मनिता घिमिरे






ActPro Nepal

|

८ असार, २०७७

|
5055

काठमाडौं ।  नेपाली कांग्रेसले विदेशी बुहारीलाई सात वर्षपछि नागरिकता दिने प्रावधान विरोध जनाएको बेला युवा नेतृ मनिता घिमिरेले पार्टीकै आलोचना गरेकी छिन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारितगरेसँगै कांग्रेसले असन्तुष्ट जनाउँदै विरोध गरेको थियो ।

तर अधिकांस कांग्रेसका युवा नेताले भने यसको समर्थन गरेका छन् । त्यस्तै कांग्रेस युवा नेतृ मनिता घिमिरेले विवाह भोलिपल्ट नागरिकता दिने विधेयकलाई ठिक हो भन्ने राजनीतिक पार्टी राष्ट्रघाती भएको संज्ञा दिएकी छिन् ।

सामाजिक सञ्जाल मार्फत  अंगिकृत नागरिकता पाउन कम्तिमा ७ वर्ष पर्खनु पर्ने प्रस्ताव देशका लागि उत्तम हुन्छ भन्ने विचार राखेकी हुन् ।

उनले आफ्ना  छोरी , दिदीबहिनीले  भारतमा विवाह  गएर नागरिता प्राप्त गर्न ७ वर्ष  कुर्दा खुसी हुने । विवाह गरेर ल्याइएकी बुहारीले  पनि ७ वर्ष नै कुर्नु पर्ने कानुन बनाउॅदा दुखी किन ?  भन्दै कडा प्रश्न गरेकी छिन् ।

कांग्रेस  नेताहरूले खुलेर नागरिकताको विषयमा ७ वर्षको समय राखी ज्वाइँ र बुहारीलाई गराउन बनाइएको कानुनको बिरोध गरिरहेको बेला युवा नेतृले पार्टी भन्दा माथी उठेर राष्ट्रियताको पक्षमा खुलेर आफ्ना बिचार  राखेकी छिन् ।

लामो समयदेखि अनिर्णित सो विषयबारे शनिबार बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले विदेशी महिलालाई सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिने प्रावधान राख्ने निर्णय गरेको थियो।

वैवाहिक अंगीकृतसम्बन्धी प्रावधानमा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदहरुले असहमतिसहित फरक दत दर्ता गराएका छन्। यसअघि नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले बिहे गर्नासाथ नागरिकता पाउने प्रावधान थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.