add

'कसले गर्‍यो राष्ट्रघात, देशबेचुवालाई टुँडिखेलमा झण्डाउनुपर्छ'-राजेन्द्र महतो






ActPro Nepal

|

३१ जेठ, २०७७

|
982

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रत्येक मधेशीले सिपाही भएर सीमाको रक्षा गरेको  बताएका छन् ।

नेपालको संविधानको दोस्रो संशोधनको दफावार छलफलमा बोल्दै उनले मधेसी जनताले सीमाको रक्षा गरेको र रक्षाका लागि लडेको बताए । उनले महाकाली सन्धीमा राष्ट्रघात गर्नेहरुको खोजी गर्नुपर्ने बताए ।

संविधान संशोधन गरेर नेपाली भूमि फिर्ता ल्याउने काम ऐतिहासिक रहेको भन्दै उनले भूगोलले मात्रै राष्ट्रियता कायम नहुने बताए । हिमाल, पहाड र तराईका जनताको भावनाको कदर गर्नुपर्ने भन्दै उनले तिनै जनताले उठाएको माग सम्बोधन गर्न संविधान संशोधन नगर्नु दुखद् भएको बताए ।

आफूहरुको असन्तुन्टिलाई थाती राखेर नेपाली भूमि फिर्ता ल्याउन गरिएको नेपालको संविधान संशोधन दोस्रो विधेयकको पक्षमा आफ्नो पार्टी जनता समाजवादी पार्टीले गर्ने उनले जानकारी दिए ।

महाकाली सन्धि गरेर राष्ट्रघात गरेको भन्दै उनले नेपाली भूमि गुमाउने गरी सम्झौता गर्ने राष्ट्रघातीलाईलाई कारबाही गर्नुपर्ने बताए । ‘देश बेचुवा राष्ट्रघातीाई टुंडिखेलमा झुण्डाउनु पर्दैन’, उनले भने । राष्ट्रघातीको पहिचान गर्नुपर्ने भन्दै उनले मधेशीलाई राष्ट्रविरोधीको रुपमा नहेर्न अपिल गरे । पटक पटक मधेशी जनताले अग्निपरीक्षा दिइरहनु पर्ने उनको आक्रोश थियो ।

रंग र भूगोलको आधारमा राष्ट्रवाद हेर्ने नश्लवाद अन्त्य हुनुपर्ने भन्दै उनले नेपालको भूमिको रक्षा मधेशका जनताले गर्दै आएको जानकारी दिए । उनीहरुका माग सम्बोधन गर्न पनि संविधान संशोधन नगरे मौजुदा संविधान फेल हुने उनको चेतावनी थियो ।

देशबेचुवाको खोजी हुनपर्यो। ०५८ वर्ष पहिला लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र हाम्रै नक्सामा थियो नी ! महाकाली सन्धी कसरी भयो?, ’ उनले भने, ‘राष्ट्रघातीको पहिचान हुनुपर्छ। यसको पर्दाफास गर्नुपर्छ। मधेसीलाई राष्ट्रवादी नभन्ने, तर आफैं राष्ट्रघात गर्ने। खोजी गरिनुपर्छ। स्वेत जारी गर्नुपर्छ र देशबेचुवालाई टुँडिखेलमा झण्डाउनुपर्छ।’

उनले संविधानसँग असन्तुष्टी रहेपनि देश, राष्ट्रियता र भूमिको सवालमा कुनै सम्झौता हुन नसक्ने बताए। ‘संविधान प्रति हाम्रो पुरै असन्तुष्टी छ। तर, त्यसका बावदुत पनि देशको सवाल, भूमिको सवाल उठेको छ। सबै असन्तुष्टीलाई थाँती राखेर संविधान संशोधनमा जसपाले समर्थन गर्दछ,’ उनले भने।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.