add

सरकारलाई काँग्रेसका युवा नेता तथा सांसदकाे चुनाैती,फ्रण्ट लाइनमा कार्यरत सबैको कोरोना विमा गरिदिने






ActPro Nepal

|

३० जेठ, २०७७

|
4004

काठमाडौँ । प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता तथा सांसद मोहन आचार्यले  रसुवा जिल्लामा कार्यरत सबै स्वास्थ्यकर्मीको कोरोना विमा गरिदिने घोषणा गरेका छन ।

उनले जिल्लामा स्वास्थयकर्मीहरुले विरामी जाँच गर्न असहज मानिरहेको अवस्था भएकाले फ्रण्ट लाइनमा कार्यरतहरुको लागि आफ्नो तर्फबाट भन्दै जिल्लाभरका सम्पूर्ण अस्पताल, प्राथमिक स्वास्थ्यकेन्द्र, स्वास्थ्य चौकी र उपस्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी तथा सम्पुर्ण सुरक्षाकर्मी ,जनप्रतिनिधि ,पत्रकार ,रेडक्रस, नेपाल स्काउण्ट र क्रियाशील संघ सस्थाका व्यक्तिहरुको कोरोना स्वास्थ विमा गरि दिने घोषणा गरेका हुन ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको अबस्थामा फ्रण्टलाइनमा खट्नेहरुलाई स्वास्थयकर्मीहरुलाई उत्साहप्रद ढंगले खटाउन नसकेको उनले बताएका छन ।

सामाजिक संञ्जाल मार्फत सांसद आचार्यले उक्त सूचिमा पर्ने सबैलाई विमाका लागी आफ्नो सम्पर्कमा आउन अनुरोध गरेका छन ।

विमाका लागी सम्बन्धित संघ संस्था र व्यक्तिलाई नाम ठेगाना र उमेर खुलाई ९८५११४६९३९ मा म्यासेज गर्न वा [email protected]  र [email protected]        मा इमेल गर्न सांसद आचार्यले अपिल गरेका छन।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.