add

‘बजेट हेर्दा शिक्षामा कटौरा थापे जस्तो देखियो, कटौरा थापेर विद्यालय चल्दैन’ - गगन थापा






ActPro Nepal

|

२५ जेठ, २०७७

|
980

काठमाडाैं । का‌ंग्रेस सांसद‍् गगनकुमार थापाले कचौरा थापेर शिक्षा क्षेत्रको विकास नहुने बताउनु भएको छ ।

आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले प्रत्येक संकटसँग अवसर जोडिएर आउने भएपनि नेपाल सरकाले त्यो अवसलाई उपयोग गर्न नसकेको बताउनुभयो ।

शिक्षा मन्त्रालयको खर्चले माननियलाई बोल्ने हैसियत समेत नदिएको उहाँले बताउनुभयो । ‘बजेट हेर्दा शिक्षामा कटौरा थापे जस्तो देखियो,  कटौरा थापेर विद्यालय चल्दैन’ - थापाले भन्नुभयो ।

थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममाथि समेत प्रश्‍न उठाउनुभयाे । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम संघीयता, संविधान र राष्ट्र विरोधी कार्यक्रम भएको सांस‍द्  थापाले बताउनुभयो ।

उहाँले प्रश्‍न गर्नुभयाे - ‘कसैले पाइला टेकेको ठाउँमा पैसा बाँड्नु हिजोको राजाको शैली हो, शिक्षामन्त्रीलाई सोध्न मन लागेको छ, राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो?’ 

कसैको स्वार्थका लागि नागरिकको स्वार्थमाथि खेलबाड गर्नेगरी विद्युतीय सवारी साधनमा कर नबढाउन उहाँले आग्रह गर्नुभयो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.