add

संविधान संशोधनको प्रस्तावमा राप्रपाको समर्थन






ActPro Nepal

|

१४ जेठ, २०७७

|
1288

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान सशोधनसम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीको बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । 

बुधबार बसेकाे बैठकले निशान छाप परिवर्तन गर्न संघीय संसद‍्मा प्रस्तुत संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हाे । राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाबीचको वैठकले विधेयकको समर्थन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्‍त्री केपी शर्मा अ‌ाेलीले  मंगलबार बाेलाउनु भएकाे सर्वलदीय बैठकमा अध्‍यक्ष राणाले  छुटेका भूमि समेटेर नक्सा निर्माण गर्ने निकै राम्रो काम भएको भन्‍दै प्रशंसा गर्नुभएकाे थियाे ।

राप्रपाले यसका लागि सरकारलाई सघाउन पूर्ण रुपमा तयार रहेकाे उहाँले बताउनुभयाे  ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.