add

बाँस्कोटाको घरमा भएको विष्फोटको जिम्मेवारी विप्लव नेकपाले लियो, सार्वजनिक गर्यो यस्तो पर्चा






ActPro Nepal

|

२८ फागुन, २०७६

|
996

काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा आज बिहान गरिएको बम विष्फोटको जिम्मेवारी विप्लव नेकपाले लिएको छ । 

विभिन्न १० वटा कारणसहितको पर्चा सार्वजनिक गरेर विप्लव नेकपाले विष्फोट गरेको जानकारी दिएको छ । 

यस अघी  विप्लव समूहले बालुवाटार जग्गा घोटाला काण्डमा मुछिएकाहरुमध्ये कसैको घरमा वम विष्फोट गराउने आकलन सुरक्षा निकायहरुले गरेका थिए । आकलन गरे अनुसार नै  विप्लव समूहले गत माघ १ मा बालुवाटार जग्गा घोटाल काण्डका नाइके शोभाकान्त ढकालको स्वयम्भू ढुंगेधारा स्थित घरमा विष्फोट गराएको थियो । 

मिनबहादुर गुरुङको भाटभटेनी, यती ग्रुप, गोयल समूह, विशाल ग्रुप, केडिया ग्रुप पनि विप्लव समूहको हिटलिस्टमा भएको प्रहरीको निष्कर्ष छ । 

पर्चामा बाँस्कोटामाथि भ्रष्टाचार गरेको मुख्य आरोप छ । पर्चामा पूर्व मन्त्री बाँस्कोटामाथि लगाईएका आरोप यस्ता छन् ।

१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।

२. २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।

३. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।

४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले ।

५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौँ हिनामिना गरेकाले ।

६. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।

७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।

८. राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।

९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।

१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।

किन गराइयो गोकुल बाँस्कोटाको घरमा विष्फोट



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.