add

अर्थमन्त्रीमा खतिवडालाई निरन्तरता,बुधबार सपथ






ActPro Nepal

|

२० फागुन, २०७६

|
753

 काठमाडौं । राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर १९ जना सांसदहरु सोमबारबाट बिदा भएका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकपछि नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसदले बिदा लिएका हुन्  ।

अर्थमन्त्रीसमेत रहेका डा युवराज खतिवडाको कार्यकाल पनि आजैदेखि सकिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पुन: नियुक्त गर्नको लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको स्रोतले जनाएको छ । स्रोत भन्छ  प्रधानमन्त्रीज्युले अस्पताल जानु अगाडी सबै आवश्यक ब्यबस्था मिलाईसक्नु भएको छ, उहाँ नै अर्थमन्त्री हो, सिफारिस भईसकेको छ, बुधबार सपथ हुन्छ ।

सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने प्रावधान अनुसार प्रधानमन्त्रीले उनलाई नियुक्ति गरेको स्रोतले जनाएको छ । यस संगै खतिवडा कम्तिमा ६ महिना अर्थमन्त्रीको रुपमा रहने छन् । उनले नै आर्थिक वर्ष ७७ र ७८ को बजेट ल्याउने छन् । 

यद्यपि राष्ट्रिय सभा सदस्यमा भने कसलाई सिफारिस गर्ने बारे टुंगो लागि नसकेको स्रोत बताउछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.