add

यी हुन् दुई वर्षे पदावधि सकेर घर फर्कने क्रममा राष्ट्रियसभाका १९ जना सदस्यहरू






ActPro Nepal

|

२० फागुन, २०७६

|
1306

काठमाडौं । राष्ट्रियसभाका १९ जना सदस्यको पदावधि मंगलबार बाट सकिँदैछ । 

अर्थमन्त्री डा.युवराज खतिवडासहित राष्ट्रियसभाका दुई वर्षे कार्यकाल पाएका राष्ट्रियसभाका १८ जना निर्वाचित र मनोनित एकसहित १९ जना सदस्यको पदावधि आज राति १२ बजे सकिने राष्ट्रियसभा सचिवालयले जनाएको छ ।

गोलाप्रथाका आधारमा पदावधि छनोट गर्ने क्रममा ४ असार २०७५ मा राष्ट्रियसभाका १९ जना सदस्यहरुको पदावधि दुई वर्ष मात्र तय भएको थियो। गोलाप्रथा पछिबाट गरिए पनि संघीय संसदको पहिलो बैठक बसेको मिति २१ फागुन २०७४ देखि नै उनीहरुको पदावधि गणना हुने हुँदा आजबाट उनिहरुको कार्यकाल सकिएको हो । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ९ सांसदको कार्यकाल आज सकिँदैछ, जसमा डा. खतिवडासहित कमलाकुमारी वली, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर र हरिचरण सिवाकोटी छन्।

यस्तै, नेपाली कांग्रेसका दुर्गाप्रसाद उपाध्याय, बद्रीप्रसाद पाण्डे, सुरेन्द्रराज पाण्डे, धनकुमारी खतिवडा, मुक्ताकुमारी यादव, विन्दा आले र सरिता प्रसाईँको कार्यकाल पनि आज पूरा हुँदैछ। राजपाका रमेशप्रसाद यादव र वृषेशचन्द्र लाल तथा समाजवादी पार्टीका रामप्रित पासवानको कार्यकाल पनि सोमबार नै सकिनेछ ।

अब राष्ट्रियसभामा कांग्रेसका ६, राष्ट्रिय जनता पार्टी ९राजपा०का दुई र समाजवादी पार्टीका एक सांसद रहनेछन् भने बाँकी नेकपाका रहनेछन्।

पदावधि सकिन लागेका सांसदहरूले आजको बैठकमा आफ्ना धारणा राख्ने तयारी गरिएको राष्ट्रियसभा सचिवालयले जनाएको छ।

यस्तै,राष्ट्रियसभामा नवनिर्वाचित सांसद्ले बुधबार (भोलि) पद तथा गोपनियताको शपथ लिनेछन्।

राष्ट्रियसभामा आज रिक्त हुन लागेका १९ सांसद पदमध्ये १८ का लागि गत माघ ९ गते निर्वाचन भएको थियो। एक सांसद भने राष्ट्रपतिले मनोनित गर्न बाँकी छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.