add

नेकपाका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार,रतन तिरुवा पक्राउ






ActPro Nepal

|

१८ फागुन, २०७६

|
997

काठमाडौं  । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डमाथि जुत्ता भएको छ । आइतबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो ।

भरतमोहन अधिकारी स्मृति फाउन्डेसन ,नेपालद्वारा आयोजित कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको हो ।

जुत्ताले भने उनलाई लागेन । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएको छ । उनी को थिए भन्नेबारे हालसम्म खुलेको छैन । पहिले पनि प्रचण्डलाई उनकै एक कार्यकर्ताले थप्पड हानेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवक रतन तिरुवा भएको खुलासा भएको छ ।

तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । प्रहरीका अनुसार प्रचण्डमाथि जुत्ता प्रहार गर्ने जुम्ला घर भएका २२ वर्षीय तिरुवा पूर्व लडाकु हुन् ।

उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनले आफ्नो फेसबुक पेजमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्से तुङको तस्बिर राखेका छन् । उनले कम्युनिष्ट विचारका नारा समेत राखेका छन् ।

युवकलाई अनामनगरस्थित महानगरी प्रहरी वृत्त सिंहदरबारमा लगिएको छ । उनीमाथि अनुसन्धान अगाडि बढाइएको छ । यसअघि प्रचण्डलाई भृकुटीमण्डपका आयोजित तत्कालीन माओवादीको चियापान समारोहमा एकजनाले माला लगाउने क्रममा थप्पड हानेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.