add

‘प्रधानमन्त्रीज्यू, बाँस्कोटाले ७० करोड कमिसन माग्दै भनेको हामीभित्र कोको पर्छन् ?






ActPro Nepal

|

१८ फागुन, २०७६

|
743

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गोकुल प्रसाद बाँस्कोटामाथि किन गम्भिर छानबिन सुरु नगरेको भन्दै  प्रश्न गरेका छन ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समयमा उनले तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड मागेको अडियो सार्वजनिक हुँदा पनि छानबिन नहुनु दुःखको विषय भएको भन्दै प्रश्न गरे । “म सम्माननीय प्रधानमन्त्रीलाई के सोध्न चाहन्छु ,‘बाँस्कोटाले ७० करोड कमिशन डिल गरेको प्रकरण एक हप्ता पुगिसक्दापनि गम्भिर छानबिन नहुनु दुःखद् हो । त्यो अडियोमा हामी भनिएको छ, त्यो हामीमा को–को पर्दछ रु कसलाई भनेका हुन्  ? देउवाले भने ।

उनले यो प्रकरणमा गम्भिर छानबिन नभईकन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो अडियो नक्कली किन भन्नुभयो रु भन्दै कडा प्रश्न गरे । उनले भने,‘उहाँले यसो भन्दा त्यसले छानबिन प्रभावित हुन्छ कि हुँदैन् रु तपाईको बोलीको विश्वसनियता कमजोर भएन रु’



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.