add

आरआर क्याम्पसमा नेविसंघ र अखिल कार्यकर्ताबीच झडप, १० जना घाइते






ActPro Nepal

|

५ फागुन, २०७६

|
1750

काठमाडौं–  प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा नेकपा निकट अनेरास्ववियू र कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ)का कार्यकर्ताहरुबीच झडप भएको  छ। 

झडपमा करिब १० जनाजति घाइते भएका छन् ।

झडपमा नेविसंघका  आविश्कार पौडेल, कुशल बस्नेत,सुमन खड्का   र अनेरास्ववियूका संगम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपाने रहेका छन् । उनीहरुको मोडेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार दुवै संगठनका विद्यार्थीबीच शनिबार भएको एउटा पिकनिक (वनभोज कार्यक्रम)का विषयमा झडप भएको हो । 

झडप भएपछि प्रहरीले नेपाल विद्यार्थी संघका केही कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुष्कर बाँस्तोला, सन्जीब ढकाल, रामजी बस्नेत, उमेश गुरुङ र विकु खड्का रहेका छन् ।

पक्राउ परेका विद्यार्थीलाई नेपाल पुलिस क्लबमा राखिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.