add

ललितानिवास जग्गा काण्ड:सबै माथि मुद्दा लाग्दा किन जोगिए विष्णु पौडेल र कुमार रेग्मी ?






ActPro Nepal

|

२३ माघ, २०७६

|
1352


काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा काण्डमा १७५ जनाविरुद्ध मुद्दा दायर गर्यो ।

तर, यस काण्डका चर्चित पात्र नेकपाका महासचिव विण्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी भने चोखिएका छन् ।

नेकपा महासचिव विष्णु पौडेलको नाम जोडिनुको कारण उनका छोरा नवीन पौडेलले यहाँ जग्गा लिएका थिए ।

जग्गा लिएका सबै माथि मुद्दा लाग्दा उनी किन जोगिए ? अद्यितयारको प्रतिवेदन अनुसार यी दुई जनाले सरकारी जग्गा फिर्ता गरेका छन् ।

यसबाट ठूला र शक्तिशाली व्यक्तिलाई अख्तियारले पनि जोगाउँछ भन्ने नजिर स्थापित गरेको छ ।

यो नजिरको अहिले जमेर आलोचना भइरहेको छ । अख्तियारले १७५ जनालाई प्रतिवादी बनाएर बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यीमध्ये ६० जना सरकारी कर्मचारी र पदाधिकारी छन् । कर्मचारीमध्ये अधिकांश निर्णय प्रक्रियामा सामेल नभएका साना कर्मचारी, जसको भूमिका केवल टिप्पणी उठाउने मात्र हुन्छ, उनीहरुलाई फसाइएको छ ।

मन्त्रिपरिषद्बाट निर्णय गरी टिप्पणी उठाउन आदेश दिने पूर्वप्रधानमन्त्रीदेखि मूख्यसचिवहरुसमेत यस प्रकरणमा उम्कन सफल भएका छन् ।

यसले फेरी एक पटक मुलुकमा ऐन सानाका लागि मात्र हो भन्ने नजिर बनेको छ । जसबाट अद्यितयार उम्कन सकेन । मुद्दा दायर भएकामध्ये ५० जग्गाधनी एवं मोही छन् ।

विशेष अदालतमा दायर भएको मुद्दामा प्रतिवादी बनाइएका थप ६५ जनालाई ‘जग्गा जफत गर्ने प्रयोजनका लागि मात्र’ प्रतिवादी बनाइएको छ ।

यसमा बहालवाला न्यायाधीश रेग्मी र नेतापुत्र पौडेललाई भने ‘जग्गा जफत गर्ने प्रयोजनका लागि’ समेत प्रतिवादी बनाइएन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.