add

बालुवाटार जग्गा प्रकरणः गच्छदारबिरुद्ध ९ करोड विगो, कसलाई कति विगो ?






ActPro Nepal

|

२२ माघ, २०७६

|
1021

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हड्प्ने तत्कालिन तीन मन्त्री, तीन सचिव र एक न्यायाधीशसहित १७५ जनाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । मन्त्रीपरिषदको नीतिगत निर्णयभन्दा बाहिरका एक सय ७५ जनाबिरुद्ध अख्तियारले मुद्दा चलाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन भौतिक योजनामन्त्री बिजयकुमार गच्छदार, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र अर्का पूर्वमन्त्री चन्द्रदेव जोशी बिरुद्ध मुद्दा दायर गरेको छ । सरकारी जग्गा हड्पेको आरोपमा अख्तियार तत्कालिन सचिवहरुलाई पनि प्रतिवाद बनाएको छ ।

तत्कालिन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारीलाई मतियार बनाएइएको छ । बस्न्यात अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त हुन् । त्यसैगरी ब्यापारी मीनबहादुर गुरुङविरुद्ध मुद्दा दायर भएको छ ।

पूर्वनिर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला, पूर्वसहसचिव गेहनाथ भण्डारी, उनकी पत्नी भुवनकुमारी चापागाईँलाई पनि प्रतिवादी बनाइएको छ ।

बालुवाटारको सरकारी जग्गा हड्प्नेमा उनीहरुको पनि प्रमुख हात रहेको अख्तियारले दावी गरेको छ । चितवन जिल्ला अदालतमा कार्यरत न्यायाधीश विनोदकुमार गौतमलाई पनि जग्गा हड्प्ने मतियार बनाइएको छ । उनीबिरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियारले गच्छदार र डम्बर श्रेष्ठविरुद्ध ९ करोड ६५ लाख ७६ हजार तथा पूर्वमन्त्री चन्ददेव जोशीविरुद्ध ७ करोड ८ लाख ४८ हजार बिगो दावी गरेको छ भने अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्वसचिव छविराज पन्तविरुद्ध पनि समान ९ करोड ६५ लाख बिगो दावी गरेको छ । भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ र उनको परिवारविरुद्ध ११ करोड ३० लाख बिगो कायम गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.