add

बल्खुमा नेकपामा मुख्यालय बन्नेः दिल खोलेर एक दिनको आम्दानी र चन्दा दिनुहोस्






ActPro Nepal

|

१९ माघ, २०७६

|
1017

 काठमाडौं । सत्तारुढ नेकपा कम्यूनिष्ट पार्टी (नेकपा) ले आफ्नो पार्टी कार्यालय भवन निर्माणका लागि सवै सदस्यबाट एक दिनको आम्दानी लिने भएको छ ।

आइतवार समापन भएको केन्द्रीय कमिटीको बैठकले पार्टी कार्यालयको भवन निर्माण गर्न सवै तहका सदस्यबाट एक दिनको तलव लिने निर्णय गरेको केन्द्रीय सदस्य बिष्णु रिजालले बताए ।

केन्द्रीय सचिवालय बैठकले पूर्वएमालेका नाममा रहेको बल्खुस्थित जमिनमा पार्टी कर्यालयको भवन बनाउने निर्णय गरेको थियो । पार्टी कार्यालय बनाउने सचिवालयको निर्णयलाई सदर गर्दै केन्द्रीय समितिले तीन महिनाभित्र सिलान्यास गर्ने निर्णय गरेको छ ।

बल्खुस्थित तत्कालिन एमालेको पार्टी कार्यालय विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको थियो । पार्टी मुख्यालय भत्किएपछि पासाड ल्हामु प्रतिष्ठानको भवनमा एमाले पार्टी कार्यालय सारिएको थियो । एकीकरणपछि नेकपाको पार्टी कार्यालय सञ्चालनमा छ ।

पार्टी कार्यालय लिएर यति होल्डिस प्रालिले अनुचित लाभ लिएको आरोप लागिरहेका बेला नेकपाले आफ्नै पार्टी कार्यालय बनाउने निर्णय लिएको छ ।

बल्खुमा पार्टी कार्यालय नभएपनि तत्कालिन एमाले महासचिव मदन भण्डारीको शालिक भने रहिरहेको छ । मदन भण्डारीलाई सम्झदाँ नेकपाका नेताहरु बल्खुमा पुग्ने गर्दछन् । भवन पूर्णरुपमा भत्काएपनि शालिक भने उभिइरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.