add

नेकपाका उपाध्यक्षमा : बामदेव गौतम






ActPro Nepal

|

१९ माघ, २०७६

|
919

काठमाडौं, १९ माघ । काठमाडौं, १९ माघ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय सदस्य बामदेव गौतम उपाध्यक्ष भएका छन्।

बुधवारबाट राजधानीमा जारी केन्द्रीय कमिटी बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेसँगै गौतम उपाध्यक्ष बनेका हुन्  ।     

बुधबारबाट राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गरेको संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरे लगत्तै बामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो ।

यसअघि गत साउनमा नेकपाको सचिवालयले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। उक्त निर्णयलाई स्थायी कमिटी बैठकले पनि पारित गरेको थियो। नेकपाको महाधिवेशन ०७७ चैतमा गर्ने प्रस्ताव पनि पारित भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.