add

मधुमेह भएकाले के खाने-के नखाने ?






ActPro Nepal

|

२५ कार्तिक, २०७९

|
705

काठमाडौं । पछिल्लो समय नेपाललगायत विश्वभर नै मधुमेहका बिरामीको संख्या बढ्दो छ। विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार लगभग ४२.२ करोड व्यक्ति मधुमेहको गम्भीर सिकार भएका छन्।

मधुमेहबाट जोगिनका लागि आहार तथा जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ। जो मानिस पहिलेदेखि नै मधुमेहबाट पीडित छन् उनीहरूले त खानपानमा झनै विशेष ध्यान दिनुपर्छ। त्यस्ता व्यक्तिले सधैँ ब्लड सुगरको लेवल नियन्त्रण गर्ने खानेकुरा खानुपर्छ।

मधुमेहका बिरामीले हरियो सागपातको सेवन गर्नुपर्छ। हरियो सागपात पौष्टिकताले भरिपूर्ण हुन्छ। यसमा क्यालोरीको मात्रा पनि अधिक हुन्छ। स्वास्थ्य विशेषज्ञले यस प्रकारको पौष्टिक तत्वलाई डाइटमा सामिल गर्न सुझाव दिन्छन्।  रक्तकोषिकालाई बढाउन पनि यस्ता सागपातले सहयोग पुगाउँछ।

मधुमेह रोगीका लागि अण्डा फाइदाजनक हुन्छ। अण्डाको सेवनले शरीर सुन्निने समस्या कम गर्छ। एक अध्ययनका अनुसार अण्डाको सेवनले शरीरमा रक्तकोषिका बढाउन मद्दत गर्ने देखाएको थियो। शरीरमा प्रोटिनको मात्रालाई पनि अण्डाले सहजै परिपूर्ति गर्छ।

यसका साथै ओखर, बदाम, काजुको सेवन पनि रक्त कोषिका नियन्त्रित गर्न फाइदाजनक हुन्छ। मधुमेह भएकाहरूले यस्ता खानेकुरालाई डाइटमा सामेल गर्नुपर्छ। एक अध्ययनले बदाम र ओखर खाँदा ब्लड सुगरको लेवलमा कमी आएको देखाएको थियो। 

यस्तै तरकारीमा भिन्डिको सेवन पनि मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ। भिन्डिमा पोलिसेकेराइड र फ्लेवोनोइड्स एन्टीअक्सीडेन्टको मात्र प्रयाप्त हुन्छ। जसले शरिरमा रगतको मात्रालाई सन्तुलित गर्छ। भिन्डिमा एन्टीबायोटिक गुण पनि हुन्छ। एक महिना नियमित भिन्डिको सेवन गर्न सुगरको मात्रामा नियन्त्रण गर्न सकिन्छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.