add

लामखुट्टेले हैरान त पारेको छैन् ? यस्ता छन् सजिलै भगाउने घरेलु तरिका






ActPro Nepal

|

२७ भदौ, २०७९

|
875

काठमाडौं । गर्मीको याम चलिरहेको छ । लामखुट्टे, झिँगा लगायतका परजीवी कीरा स्वभाविक रुपमा फैलिरहेका छन् । कोरोनाको महामारीबाट छुटकारा नमिल्दै डेंगुको सङ्क्रमणले जनमानसलाई आक्रान्त पारेको छ ।

कोरोना महामारी त छँदैछ । साथमा थपिएको छ डेङ्गुको आतंक पनि । डेंगु वा मलेरिया लाग्नेभयो भनेर डराउनु अस्वभाविक होइन ।

देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

डेंगुबाट भेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो । तर काठमाडौंमा डेंगु संक्रमण यो भन्दा ५ गुणा बढी रहको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।

लामखुट्टेको टोकाइबाट कीटजन्य रोग (मलेरिया, डेंगू, जापानिज इन्सेफ्लाइटीस, चिकन गुनीया, हात्तीपाइलेी)लगायत रोग लाग्ने गर्छ । यी रोगबाट बच्ने प्रमुख उपाय नै लामखुट्टेको टोकाइबाट बच्नु हो ।

लामखुट्टे भगाउने घरेलु उपायहरू

बजारमा पाइने ल्याएको धूप र लिक्विडको प्रयोग स्वास्थ्यका लागि हानिकारक नै हुने गर्छ । त्यसैले यी यस्ता चिजको प्रयोगबाट मुक्ति पाउनका लागि यी चार घरेलु उपायहरूको प्रयोग गर्नु उपयुक्त हुनसक्छ ।

सुगन्धित तेलहरुः

तपाईंको घरमा सुगन्धित तेलहरु छन् ? कुनै सुगन्धित तेलको बासनाले लामखुट्टेलाई धपाउने क्षमता राख्दछ । कागती, पुदिना, मेहन्दी, लेभेन्डर,जेरानियम, सिट्रोनला जस्ता बिरुवाबाट बनेका तेलहरुले लामखुट्टे र अन्य किराहरु हटाउन उपयोगी हुन्छन् । उक्त तेललाई तेल घोल्ने रसायनमा खन्याउनुहोस्, त्यसपछि लामखुट्टेविरुद्ध यसले आफ्नो जादू देखाउन थाल्नेछ।

त्यस्तै सयपत्री, लेमनग्रास, चुनित्रो घाँस (जिरानियमस्), तुलसी, मेहन्दी जस्ता सुगन्धित जडीबुटीहरुको गन्धले लामखुट्टेलाई भगाउँछ ।

कागती तथा नीलगिरीको तेल: भिटामीन ‘सि’ युक्त कागती स्वास्थको लागि निकै लाभदायिक मानिन्छ । मस्किटो रेपेलेट (Mosquito repellent) मा लिक्विड सकिएपछि कागतीको रस तथा नीलगिरीका तेल भरेर जलाउन सकिन्छ । यसलाई हात खुट्टामा लगाउँदा पनि लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।

नीम र नरिवलको तेलः एन्टीब्याक्टेरियल गुण भएको नीमलाई प्राकृतिक औषधि पनि मानिन्छ । नीमको तेल शरीरमा लगाउने अथवा नरिवलको तेलमा नीमका तेल मिसाएर बाल्दा पनि लामखुट्टे भाग्दछ ।

कपूरः लामखुट्टेले कपुरको सुगन्ध सहन सक्दैन । कोठामा कपुर जलाएर केही मिनेट सबै झ्याल ढोका बन्द गर्दा लामखुट्टे भाग्छ । मट्टितेल, नीमको तेल, कपूर मिलाएर बाल्दा पनि लामखुट्टे भगाउन सकिन्छ ।

लसुनः लसुनलाई पिसेर पानिमा मिलाएर छर्कदा लामखुट्टे लसुनको गन्धबाट टाढा भाग्दछ । लसुनको रस शरीरमा लगाउन पनि सकिन्छ ।

पुदिनाः पुदिना पात पिसेर रस छर्किदा पनि लामखुट्टे भाग्दछ । पुदिनाको रसलाई शरीरमा पनि लगाउन सकिन्छ ।

सयपत्री फूलः सयपत्री फूलको रस शरीरमा लगाउँदा पनि लामखुट्टेबाट बच्न सकिन्छ ।

तुलसीको पातको रसः तुलसीलाई लामखुट्टेको शत्रुको रुपमा लिइन्छ । तुलसीको गन्धले पनि लामखुट्टे भाग्छ । शरीरमा तुलसीको पातको रस लगाउनाले लामखुट्टेलको टोकाईबाट बच्न सकिन्छ ।

लामखुट्टे तथा यसबाट सर्ने रोगबाट बच्नका लागि विभिन्न उपाय अपनाउन सकिन्छ ।

जसले संक्रमण हुनबाट जोगाउँदछ । माथि उल्लिखित उपाय बाहेकका केही वैकल्पिक विधिहरू प्रचलित छन् । झुल लगाउने, केमिकलयुक्त औषधी प्रयोग गरेर पनि बच्न सकिन्छ । बजारमा लामखुट्टे मार्ने धुप र ‘लिक्विड’ जस्ता रासायनिक औषधीहरू पनि पाइन्छ, जुन तत्कालका लागि प्रभावकारी भएता पनि स्वास्थ्यका लागि निकै हानिकारक छ ।

रासायनिक धूपमा भएको ‘रेपेलेन्ट’ मानिसको स्वास्थ्य प्रतिकूल हुन्छ । दैनिक सात घन्टाभन्दा बढि यस्तो धूपमा बस्दा श्वासप्रश्वासको माध्यमबाट फोक्सोलाई गम्भीर असर पार्न थाल्छ । नीमको तेल बाल्ने, कोठामा कपुर जलाउने, लेमन ग्रासको पात जलाएर पनि लामखुट्टे भगाउन सकिन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.