add

मुटु रोग विशेषज्ञ डा.ओम मूर्तिकाे हेल्थ टिप्स, यस्ताे छ जाडोमा अपनाउनुपर्ने १० स्वास्थ्य सावधानी






ActPro Nepal

|

६ पुष, २०७८

|
1491

काठमाडौं । उपत्यकासहित देशभर चिसो बढ्ने क्रममा छ । चिसो बढ्ने क्रममा रहेका कारण मानिसलाई दैनिक काम गर्न सजिलो पनि हुँदैन । चिसोले जुनसुकै बेला पनि स्वास्थ्यलाई असर गर्न सक्छ ।

जाडो यामसँगै हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जाने चिकित्सकहरु बताउँछन् ।

जाडो बढेसँगै हामीले स्वास्थ्य रहनका लागि विभिन्न कुरामा ध्यान पुर्याउनु जरुरी हुन्छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले जाडोको बेला अपनाउनुपर्ने सावधानीका बारेमा सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले भनेका छन् । -:

पानी प्रसस्त पिउने: शरीरमा पानिको मात्र प्रसस्त भएमा चिसोले गर्दा रगत बाक्लो हुने जोखिमबाट बच्न सकिन्छ ।

शारीरिक व्ययाम: शारीरिक व्ययाम सुरुगर्नु भन्दा अघि ५–१० मिनेट शरीरलाई शक्रिय बनाउने अनि मात्र व्यायाम गर्ने ।

हिँडाइको गति कम गर्ने: चिसोमा मुटुमा जोखिम घटाउन हिडाइको स्पिड कम गरेर, हिँडाइको अवधि बढाउनु सुरक्षित उपाय हुन्छ ।

चिसो हवा र पानी परेको बेला घरबाहिर व्यायाम नगर्ने : त्यस्तै चिसो हावा र पानी परेको बेलामा घरबाहिर व्यायाम गर्न ननिस्कने ।

मदिरा र चुरोटको सेवन नगर्ने : जाडो महिनामा मुटुमा हुने असरलाई मदिराले झन् बढाउने हुनाले यसको प्रयोग नगर्नु नै राम्रो हुन्छ ।

धेरै चिल्लो खाना नखाने: जाडोमा कोलेस्ट्रोल बढ्ने हुनाले धेरै चिल्लो, फ्राइ,पार्टी तथा भोजको बेलामा सर्तक हुने ।

सुगर, प्रेसर तथा कोलेष्ट्रोल नियन्त्रणमा राख्ने: जाडो महिनामा प्रेसर र कोलेस्ट्रोलको स्तर बढ्ने हुनाले यसको जाँच र नियन्त्रणमा राख्न जरुरी हुन्छ ।

चिसोमा हिड्दा छाती दुख्नु : मुटु रोगको प्रमुख लक्षण एन्जाइना(Angina) चिसोमा बढी देखिन्छ र यस्तो छ भने डाक्टरलाई देखाउन जरुरी हुन्छ ।

औषधिको नियमित प्रयोग : प्रेसर, सुगर, कोलस्ट्रोल, आदिको औषधि नटुटाइकन नियमित खानुपर्दछ ।

व्यायामको बेलामा चिसोबाट सुरक्षा: यसको लागि प्रयाप्त लुगा लगाएर विशेष गरेर टाउको, कान, हात छोपेर हिड्नु पर्दछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.