add

पोलेको मकै खानुका फाइदा कि बेफाइदा ? पढ्नुहोस् आश्चर्यमा पर्नु हुन्छ !






ActPro Nepal

|

८ साउन, २०७८

|
2168

काठमाडौं ।  कुनै समय यस्तो थियो, पहाडी र हिमाली भेगका सर्वसाधारण खाना होस् वा खाजा सबैमा मकै नै उपभोग गर्थे । त्यतिबेला धानखेत नहुँदा स्थानीय स्तरमा अत्यधिक परिमाणमा उत्पादन हुने मकै हिमाल र पहाडका मानिसको प्रमुख खाद्यान्न थियो । चामल कि त पहुँचवाला कि राम्रै आम्दानी हुनेले चाडबाडमा उपभोग गर्न पाउँथे ।

तर पछिल्लो समय परिवेश बिल्कुलै फेरिएको छ । सडकको पहुँच, क्रयशक्ति र जीवनस्तरमा वृद्धिका कारण पहाडी र हिमाली भेगका बासिन्दाको खाद्यान्नको मुख्य स्रोत मकैको साटो चामल बन्दै गएको छ । पोषण र खाद्य सुरक्षाका दृष्टिकोणले सबैभन्दा बढी पौष्टिक खाद्य पदार्थ मकैलाई पहाडी र हिमाली क्षेत्रका बासिन्दाले विस्तारै गाईभैंसी, खसीबोका र कुखुरालाई खुवाउन प्रयोग गर्न थालेका छन् ।

अहिलेको मौसममा मौसम बदलिरहेको छ । वर्षाको मौसममा तपाईँलाई सबैभन्दा बढी के खान मन पर्छ ? प्रायःजसोले वर्षाको मौसममा तातो–तातो पकोडा, कफी वा चिया खान मन पराउँछन् तर बर्षायाममा पोलेको मकै खानुको छुट्टै आनन्द छ । हामी रहरले पोलेको मकै खाने गर्छौँ ।

किनभने पोलेको मकैको स्वाद नै मिठो हुन्छ । मधुरो आगोमा पोलेको मकैमा नुन र कागती हालेर खाँदा त्यसको स्वाद अझ बढ्छ । तर, कहिल्यै सोच्नु भएको छ पोलेको मकै खानाले हाम्रो स्वास्थ्यलाई कतिको फाइदा हुन्छ भनेररु आयुर्वेदमा मकै खानुको अनेक फाइदा हुन्छ भनेर उल्लेख गरिएको छ ।

पोलेको मकै खानाले प्यास लागेको बेला पानीको मात्रा पुरा गर्छ । मकै एक यस्तो तत्व हो जसमा पाकेपछि पनि आफ्नो गुण हराउनुको साटो थप बढ्ने गर्छ । पोलेको मकैमा क्यारेटोनोइड र भिटामिन ए को राम्रो स्रोत हुन्छ ।

पोलेको मकै खानुको फाइदा :

– पोलेको मकै खानाले दाँत बलियो हुन्छ ।

-मकै खाइ सकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा रुघाखोकी निको हुन्छ ।

– त्यति मात्र नभई मकैको खोयालाई सुखाएर जलाएर त्यसको धुँवा सुँघ्नाले पनि रुघाखोकीमा फाइदा पुर्याउँछ । त्यसबाहेक यसले खोकी लागेकोमा पनि निको हुन्छ ।

– पोलेको मकैमा पर्याप्त मात्रामा एन्टी–अक्सीडेन्ट पाइन्छ । जसले बढ्दो उमेरको लक्षणलाई रोक्छ र क्यान्सरसँग पनि लड्नमा मद्दत गर्छ ।

-बच्चाहरुको शारीरिक र मानसिक विकासका लागि पनि पोलेको मकै धेरै नै फाइदाजनक हुन्छ । यसमा कोलेस्ट्रोल नगन्य मात्रामा हुन्छ त्यसैले पोलेको मकै खाँदा मुटुपनि स्वस्थ रहन्छ ।

-मकैमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई सन्तुलित बनाउँदछ ।

– पोलेको मकैको सेवनले हड्डी मजबुत हुन्छ । मकैमा पर्याप्त म्याग्नेसियम, आइरन, कपर तथा फोस्फोरस पाइन्छ ।

-मकैको सेवनले मृगौला स्वस्थ राख्न पनि सहयोग गर्दछ ।

-पोलेको मकैको सेवनले कब्जियत, अल्सर तथा पेटको क्यान्सरको जोखिम पनि क मगर्दछ ।

-काँचो मकैलाई छोडाएर गेडा पानीमा भिजाउने अनि अर्को दिन उक्त पानीलाई छानेर पानीमा मिश्री मिलाएर खनाले पिसाब पोल्ने जस्ता समस्या कम हुन्छन् ।

-मकैमा भरपूर मात्रामा एन्टी अक्सिडेन्ट पाइने कारणले गर्दा यसको सेवनले हाम्रो छाला कोमल हुनुका साथै रोग प्रतिरोधी क्षमता बढ्ने र बुढ्यौलीका लक्षण छिटो देखिने समस्या कम हुन्छ । मकैमा भिटामिन सी, क्यारोटिनाइड तथा बायोफ्लेभिनोइड पाइन्छ ।

-मकैको सेवनले रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नबाट रोक्दछ । यसले रक्तप्रवाहलाई सन्तुलित बनाउने, उच्च रक्तचापको समस्या कम गर्ने तथा मुटुलाई स्वस्थ राख्न सघाउँदछ ।

-गर्भवती महिलाका लागि मकै निकै उत्तम आहार हो । यसमा फोलिक एसिड पर्याप्त पाइने हुनाले गर्भको शिशुका लागि पोषणको पर्याप्त आपूर्ति हुन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.