add

कोरोनाको संक्रमणबाट मर्नेको संख्या ३ हजार नाघ्यो, कुन देशमा कति ?






ActPro Nepal

|

२० फागुन, २०७६

|
1030

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या ३ हजार १ सय २५ पुगेको छ।  कोरोना भाइरसको संक्रमित संख्या चीनमा घट्दै गएको छ भने दक्षिण कोरिया, इरान, इटाली, अमेरिकामा लगायतका देशमा बढ्दै गएको छ। 

मंगलबार बिहानसम्म चीनमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ४४ पुगेको छ। यस्तै, दक्षिण कोरियामा ३४, इटालीमा ५२, इरानमा ६६, जापानमा ६, फ्रान्समा ३, अमेरिकामा ६, हङकङमा २ र थाइल्याण्ड, ताइवान, अष्ट्रेलिया, सान मारिनो, र फिलिपिन्समा एक(एक जनाको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भएको छ।

सोमबारमात्र ६ सय २ जना मा कोरोना भाइरसका संक्रमण देखिएको छ। विश्वभरि हालसम्म ९० हजार ९ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ जसमध्ये ३ हजार १ सय २५ जनाको मृत्यु भएको हो। हालसम्म संक्रमितमध्ये ४८ हजार १ सय २९ जना उपचार पश्चात स्वास्थ्य लाभ गरेका छन्।

हालः विश्वभर ३९ हजार ६ सय ६६ जना कोरोना भाइरसका संक्रमित विश्वका विभिन्न अस्पतालमा उपचारत छन्। यीमध्ये ३२ हजार ५ सय ७२ जनाको अवस्था सामन्य छ भने ७ हजार ९४ जनाको अवस्था गम्भीर रहेको छ। हालसम्म विश्का ७६ देश तथा भूभागमा कोरोना भाइरसका बिरामी भेटिएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.