add

माहुरीको संख्या सन् १९७० को दशक यताकै कम, खाद्यान्न संकटको उच्च जोखिम






ActPro Nepal

|

२६ माघ, २०७६

|
1177

काठमाडौं । जलवायु परिवर्तनको प्रभाव माहुरीमा गम्भीर रुपमा परेको वैज्ञानिकहरुले बताएका छन् । तीव्र गतिमा वृद्धि भएको तापक्रम र त्यसले निम्त्याएका वातावरणीय जोखिमका कारण ठूलो संख्यामा माहुरी नष्ट भएको नयाँ अध्ययनले देखाएको छ ।

विशेष गरी ‘बम्बलबी’ मा जलवायु परिवर्तनको जोखिम बढी परेको हो । युरोप र उत्तर अमेरिकामा भएको अध्ययनमा तीव्र गतिमा माहुरी घट्दै गएको देखिएको हो ।

सन् १९७० को दशक यता सो क्षेत्रमा माहुरीको संख्या एक तिहाई कम भएको छ । बढ्दै गएको तापक्रम माहुरीको संख्या घट्नुको प्रमुख कारणका रुपमा देखिएको छ ।

बढ्दो तापक्रमको असर माहुरीमा पूर्वानुमान गरिएको भन्दा गम्भीर बनेको अनुसन्धानकर्ताले बताएका छन् । बम्बलीबी (माहुरी) परागसेचनका प्रमुख माध्यम हुन् । फलफुल, तरकारी तथा कृषि उत्पादन र बोट बिरुवामा परागसेचनका लागि प्रमुख भूमिका माहुरीको रहने गरेको छ ।

माहुरी बिना केही बालीको उत्पादन लगभग बन्द हुन सक्छ । माहुरी कम भएमा खाद्यान्न उत्पादन ठूलो मात्रामा कम हुनेछ र त्यसले मानवलाई संकटमा लैजाने छ ।

युरोप र उत्तर अमेरिकाका वैज्ञानिकले गरेको अध्ययनमा माहुरीहरु संकटमा देखिएका हुन् र त्यसका लागि जलवायु परिवर्तन विरुद्धको अभियानलाई तत्काल थप बलियो तथा एकीकृत बनाउनु पर्ने उनीहरुले बताएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.