add

हावाबाट सर्ने भाइरसबाट बच्न कस्तो माक्स लगाउने, कुन माक्सलाई बढी सुरक्षित ?






ActPro Nepal

|

२० माघ, २०७६

|
1771

काठमाडौं । धेरैजसो भाइरस हावाबाट नै मानिसमा सर्ने गरेको पाईन्छ । राम्रो गुणस्तरको मास्क लगाउने र समय–समयमा फेर्ने हो भने संक्रमणबाट धेरै हदसम्म सुरक्षित हुने सकिने चिकित्सकहरुको भनाई छ ।

चिकित्सकहरुका अनुसार मास्कको प्रयोग सही तरिकाले गर्न नसक्नु सबैभन्दा ठूलो समस्या देखिएको छ । धेरै मानिसहरुले मास्क लगाए पनि मुखमा हात लैजाने र नाक चलाउने गर्छन्। जसका कारण संक्रमण फैलिन सक्छ।

अहिले फुटपाथदेखि औषधि पसलसम्म मास्कको राम्रो व्यापार हुने गरेको छ । औषधि पसल मात्र होइन, फुटपाथका खुद्रा पसल र फलफूल पसलहरूमा समेत अहिले मास्क बिक्री गरिन्छ ।

धुलोधूवाँका कारण निम्तने समस्या,हावाबाट सर्ने भाइरसबाट बच्न कस्तो माक्स लगाउने त ? गुणस्तरीय एउटा मास्क एक दिन मात्र प्रयोग गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

अघिल्लो दिन प्रयोग गरेको कपडाको मास्क भोलिपल्ट पनि दोहोर्‍याउन राम्रोसँग निर्मलीकरण गर्नुपर्छ,‘नत्र त्यहीँ किटाणु थिग्रिएर बस्छ, उल्टै रोग बढाउँछ ।

मास्क लगाउँदा हाछ्युँ आएको छ भने फेरि प्रयोग गर्दा त्यही किटाणु फैलिन्छ ।’

तर, बजारमा पाइने जस्तोसुकै मास्कले संक्रमण रोक्दैन। सामान्यतयाः चिकित्सकहरूले अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गर्ने सेतो वा हल्का हरियो रंगको ‘सर्जिकल मास्क’लाई बढी सुरक्षित मानिन्छ ।

यद्यपि, हावाबाट सर्न सक्ने भाइरसबाट जोगिन त्यस्तो सर्जिकल मास्कसमेत प्रभावकारी हुने कुरामा चिकित्सकहरु शंका व्यक्त गर्छन् ।

चीनका मानिसहरुले कोरोनाबाट जोगिन भन्दै आफैं मास्को निर्माण गरिरहेका छन्। त्यस्ता मास्कहरु सामाजिक संजालमा निकै भाइरल बनिरहेका छन्।

केहीले प्लास्टिकको मास्क बनाएका छन्, भोगटेको बोक्राको मास्क बनाएका छन्, केहीले पानीको जारले टाउको छोप्ने गरी मास्क बनाएका छन्।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसपछि स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरिसकेको छ।

चिकित्सकहरुले सामाजिक सन्जालमा पोस्ट भएका मास्कहरुले भाइरस छेक्न नसक्ने चेतावनी दिएको छ।

चिकित्सकहरुले मेडिकलमा पाइने क्लोज–फिटिङ मास्क नै लगाउन आग्रह गरेका छन्। यो मास्क एकपटक प्रयोग गरेपछि फ्याँक्नुपर्छ जुन मेडिकलमा सुलभ मूल्यमा सहजै पाइन्छ।

भाइरस प्रतिरोधी बनेका हुनाले मेडिकल मास्क नै प्रयोग गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ। मास्क लगाउन पुरा नाक र मुख छोप्ने हिसाबले लगाउनु पर्ने पनि बताइएको छ।

अठारौँ शताब्दीमा पहिलोपल्ट अस्पतालहरूमा सर्जिकल मास्कको प्रयोग हुन थालेको हो। तर सन् १९१९ मा पाँच करोड मानिसको ज्यान लिनेगरी स्पेनिश फ्लुको महामारी फैलिएपछि मात्र पहिलोपल्ट सार्वजनिक रूपमा पनि त्यस्तो मास्कको प्रयोग भएको हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.