add

सन्दीपले विकेट लिँदा धुर्मुस सुन्तलीको खातामा पैसा






ActPro Nepal

|

१९ माघ, २०७६

|
1485

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले चितवनमा निमार्णाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्ने भएका छन् ।

लामिछानेले आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउन सहयोग गर्ने सामाजिक सञ्‍जाल मार्फत जनाएका छन् ।

सन्दीपले सामाजिक संञ्जालमा लेखेका छन् – “नेपाली क्रिकेटका लागि मसँग एउटा सपना छ । जुन सपना नेपाली क्रिकेटका युवा हस्तिका लागि पनि महत्वपूर्ण छ । यो सपनामा लगानी गर्न म अमेरिका र ओमानविरूद्धको खेलमा लिएको प्रत्येक विकेटको लागि ८ हजार ८ सय ४८ रूपैयाँ दिने छु,”।

सामाजिक सञ्जाल ट्विटरमार्फत चितवनमा निर्माणाधीन रंगशालालाई सहयोग गर्ने र चाँडै त्यो सपना यथार्थमा परिणत हुने विश्वास समेत व्यक्त गरेका छन्।

नेपालले अमेरिका र ओमानसँग एकदिवसीय क्रिकेट खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि मैदान हुने सिरिजमा नेपालले अमेरिका र ओमानसँग २-२ एकदिवसीय खेल गरी ४ खेल खेल्दैछ।

नेपालले एकदिवसीय मान्यता पाएपछि पहिलो पटक घरेलु मैदानमा खेल्न लागेको हो। आइसिसी विश्वकप २०२३ को छनोटअन्तर्गतको आइसिसी विश्वकप लिग-२ मा नेपालले आफ्नो पहिलो सिरिज खेल्न लागेको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.