add

पोखरा फाइनान्सद्वारा मर्जर समिति गठन गर्ने निर्णय






ActPro Nepal

|

१० माघ, २०८१

|
77

काठमाडौं । वित्तीय रुपमा कमजोर भई समस्याग्रस्त अवस्थामा पुगेको पोखरा फाइनान्स मर्जर तथा एक्वीजिसनमा जाने भएको छ ।

फाइनान्स संचालक समितिको माघ ९ गते बसेको उपयुक्त बैंक वा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउने उद्देश्यले मर्जर/प्राप्ति समिति गठन गर्ने निर्णय गरेको हो ।

फाइनान्सको गत पुस २९ गते सम्पन्न वार्षिक साधरण सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने वा गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको थियो । सोही अनुसार कम्पनीले मर्जर वा प्राप्ति सम्बन्धी विशेष समिति गठन गरी आवश्यक तयारी सुरू गरेको हो ।

हाल पोखरा फाइनान्सको वित्तीय अवस्था संकटग्रस्त छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार फाइनान्स ६३ करोड ७९ लाख रुपैयाँ घाटामा छ । जबकि, गत वर्ष सोही अवधिमा फाइनान्सले २ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा पोखराको खुद ब्याज आम्दानी १७.८३ प्रतिशतले घटेर १४ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, पुससम्ममा फाइनान्सको संचालान घाटा ९५ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।

खराब कर्जा बढेसँगै पोखराको इम्पेयरमेन्ट चार्ज बढेर १ अर्ब ५२ लाख रुपैयाँ पुगेको छ । पुससम्म फाइनान्सको वितरणयोग्य नाफा १ अर्ब ५५ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

पुससम्म फाइनान्समा सर्वसाधरणको कुल १० अर्ब ५५ करोड रुपैयाँ निक्षेप रहेको छ । यस अवधिमा फाइनान्सले कुल ६ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सो कर्जामध्ये ३३.४४ प्रतिशत अर्थात् २ अर्ब १४ करोड रुपैयाँ कर्जा निष्क्रिय रहेको छ ।

पछिल्लो १ वर्षमै पोखराको खराब कर्जा २८.६९ प्रतिशत बिन्दुले बढेको हो । गत वर्ष दोस्रो त्रैमाससम्म यसको खराब कर्जा ४.७६ प्रतिशत मात्रै रहेको थियो ।

समीक्षा अवधिमा फाइनान्सको प्रतिसेयर आम्दानी ५८.९३ रुपैयाँँ (वार्षिक) ऋणात्मक रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ५३.९७ रुपैयाँ मात्रै छ ।

वित्तीय अवस्था निकै कमजोर रहे पनि फाइनान्सको सेयर मूल्य भने ४०० रुपैयाँ हाराहारीमा छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.