प्रहरीद्वारा निर्घात कुटपिट भिडिओ प्रकरण : कुटपिट गर्ने असई निलम्बनमा

प्रहरीद्वारा निर्घात कुटपिट भिडिओ प्रकरण : कुटपिट गर्ने असई निलम्बनमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन्।

असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए।

घटना पुस १५ गते राति ११ बजे भरतपुर महानगरपालिका-११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा भएको खुलेको छ।

असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत थिए। सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो।

डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको छ। उक्त समितिले घटनाबारे छानबिन गरिरहेको छ।

यस्तो छ घटना

चितवन प्रहरीका अनुसार यो घटना पुस १५ रातिको हो । राति १० बजेतिर त्यहाँ प्रहरी ‘मापसे’ चेकिङमा थियो। कुटपिटमा परेका युवा बसपार्कबाट आँपटारीतर्फ गइरहेका बेला प्रहरीले रोकेर चेकजाँच गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतोले जानकारी दिए ।  

‘गणेशस्थानमा रहेको अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले राति सवारी साधन चेकजाँच गरिरहेको थियो । त्यही बेला ६ वटा मोटरसाइकल र स्कुटरमा एक टोली आउँदै रहेछन्,’ डिएसपी महतोले भने, ‘अरू भागेछन् । कुटिएका युवाहरूलाई रोक्न सकिए छ। नियन्त्रण लिने क्रममा ड्युटी र ती युवाहरूबिच भनाभन हुँदा त्यो घटना भएको देखिन्छ।’ 

कुटिएका व्यक्तिले मापसे सेवन गरेर मोटरसाइकल चलाएको डिएसपी महतोले बताए । उनी को थिए ? भनेर परिचय खुलाउन भने महतोले मानेनन् । तर पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइ सजाय भुक्तान गराएर पठाएको बताउँछन् । 

‘स्वास्थ्य परीक्षण गर्दा मापसे सेवन गरेको भेटिएको थियो । अरू कुनै चोटपटक देखिएको थिएन,’ उनले भने । यता उनीमाथि कुटपिट भएको विषय जिल्ला प्रहरी कार्यालयले आइतबार साँझ मात्र थाहा पाएको उनले बताए । 

भाइरल भिडिओमा आक्रमणमा उत्रिएका प्रहरी ती युवकमाथि ‘माथिको पावर देखाएको’ भन्दै आक्रोशित सुनिन्छन् । प्रहरीले युवकलाई लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेका छन् । 

यो पनि: प्रहरीद्वारा निर्घात कुटपिट भिडिओ भाइरल: छानबिन समिति गठन गरेर कारबाही प्रक्रिया सुरु

Recent Comments

No comments to show.