add

सन् २०२४ मा त्रिभुवन विमानस्थलबाट ९४ लाखले गरे यात्रा






ActPro Nepal

|

२३ पुष, २०८१

|
131

काठमाडौं । सन् २०२४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर ९४ लाख २३ हजार ७२५ यात्रुले यात्रा गरेका छन् ।

जसमध्ये ४४ लाख ६० हजार ३६१ जना र अन्तर्राष्ट्रियतर्फ ४९ लाख ६३ हजार ३६४ जनाले अन्तर्राष्ट्रिय यात्रा गरेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलमा सन् २०२३ को तुलनामा २०२४ मा हवाई यात्रीको संख्या झण्डै ९ प्रतिशतले बढेको हो । सन् २०२३ मा काठमाडौं विमानस्थलबाट ८६ लाख ५४ हजार यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरेका थिए ।

पछिल्ला वर्षहरुमा त्रिभुवन विमानस्थलले क्षमताभन्दा धेरै यात्रुलाई सेवा दिँदै आएको छ । यसको वार्षिक क्षमता ८० लाख यात्रुलाई सेवा दिने रहेको छ ।

काठमाडौं विमानस्थलको आन्तरिक टर्मिनलको प्रतिघण्टा करिब ७०० र अन्तर्राष्ट्रिय टर्मिनलको प्रतिघण्टा १५०० यात्रु सेवा दिन सक्ने क्षमता रहेको छ । उडानतर्फ काठमाडौं विमानस्थलले प्रतिघण्टा सफा मौसममा ३३ वटा उडान गराउन सक्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.