add

विद्युत् महसुल विवाद : बक्यौता महसुल मंसिर १२ भित्र बुझाउन उद्योगहरूलाई प्राधिकरणको ‘अल्टिमेटम’






ActPro Nepal

|

२९ कार्तिक, २०८१

|
120

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता महसुल आगामी मंसिर १२ गतेभित्र बुझाउन उद्योगहरूलाई अल्टिमेटम दिएको छ । प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै बक्यौता बुझाउन उद्योगहरूलाई अल्टिमेटम दिएको हो ।

प्राधिकरणले कात्तिक २५ को मन्त्रिपरिषद्को बैठक र प्राधिकरण संचालक समितिको कात्तिक २७ को बैठकले बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको उल्लेख गर्दै उद्योगहरूलाई मंसिर १२ गते भित्र महसुल बुझाउन भनेको हो ।

प्राधिकरणले सोही अनुरुप वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी वान, टी टू र टी थ्रि टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल अनुसार बिल भुक्तानी गर्न उद्योगहरूलाई भनेको हो ।

प्राधिकरणले बक्यौता बुझाउन बाँकी उद्योगहरूलाई सम्बन्धित वितरण केन्द्रमा महसुल बुझाउन अनुरोध गरेको छ । तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार प्रक्रिया अघि बढ्ने प्राधिकरणले जनाएको छ ।

बक्यौता महसुल नतिरेको भन्दै प्राधिकरणले गत कात्तिक ८ गते ३४ उदोगको बिजुली काटेको थियो । मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले २४ घण्टा भित्र उद्योगमा बिजुली जोड्न र १५ दिन भित्र टीओडी मिटरका आधारमा महसुल उठाउने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को निर्देशन अनुसार प्राधिकरणले कात्तिक २७ गते उद्योगहरूमा लाइन जडान गरिदिएको थियो । सोही विषयमा बुधबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरूले तोकिएको समयमा महसुल नतिरे पुनः लाइन काट्ने चेतावनी दिएका थिए ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.