add

नेपाल वेयरहाउजिङको नोक्सानी दोब्बरले बढ्यो






ActPro Nepal

|

२ असोज, २०८१

|
123

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको खुद नोक्सानी दोब्बरले बढेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ८ करोड ३० हजार रुपैयाँ घाटामा रहेको हो ।

अघिल्लो वर्ष कम्पनी ४ करोड १० लाख रुपैयाँ नोक्सानीमा थियो । गत चैतको तुलनामा भने कम्पनीको नोक्सानी घटेको छ । चैतमा कम्पनी १४ करोड २ लाख रुपैयाँ नोक्सानीमा थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी बढे पनि वित्तीय लागत र कुल खर्च बढ्दा नोक्सानी ह्वात्तै बढेको हो । वित्तीय बजारमा देखिएको तरलता अभाव, ब्याजदर वृद्धिले अर्थतन्त्रमा असर पर्दा कम्पनीले लक्ष्य हासिल गर्न नसकेकाले नोक्सानी बढेको कम्पनीले जनाएको छ । त्यस्तै, उत्पादनमा कमी आउँदा भण्डारणमा पनि प्रत्यक्ष असर परेको कम्पनीको भनाइ छ ।

गत वर्ष कम्पनीले १ करोड २७ लाख ७१ हजार रुपैयाँ संचालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४ गुणा धेरै हो । अघिल्लो वर्ष कम्पनीको संचलन आम्दानी २६ लाख ९८ हजार रुपैयाँ थियो । गत आवमा कम्पनीको अन्य आम्दानी २० लाख रुपैयाँ छ ।

गत वर्ष कम्पनीको वित्तीय खर्च झण्डै ४ गुणाले बढेर ३ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

हाल ६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विीटी १४ करोड ६ लाख रुपैयाँ ऋणात्मक छ भने प्रमोटर एडभान्स ६ करोड १३ लाख रुपैयाँ छ ।

असारसम्म कम्पनीको प्रतिसेयर आम्दानी ११.६४ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ८८.४६ रुपैयाँ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.