add

आजदेखि एसईईको ग्रेड वृद्धि परीक्षा






ActPro Nepal

|

२३ साउन, २०८१

|
258

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि एसईई ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दैछ। 

माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा उत्तीर्ण हुन नसकेकाहरुको सुविधाको लागि बोर्डले बुधबारदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षा बिहान ११ बजेदेखि सुरु हुँदैछ।

परीक्षामा दुई लाख ५२ हजार विद्यार्थी सामेल हुँदै छन् । यसपटक परीक्षा बोर्डले एसइईमा एनजी अर्थात् ‘ननग्रेड’ आएका सबै विद्यार्थीलाई परीक्षामा सहभागी गराउँदै छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ५५० केन्द्र तोकिएको छ । ‘परीक्षाको तयारी सबै भइसक्यो, दुई लाख ५२ हजार विद्यार्थीको एनजी आएको थियो, तर केहीले फारम भर्न छुटाएको भए यो संख्यामा केही फरक पर्न सक्छ,’ उनले भने, ‘सबै विषयका परीक्षाबाट हामीले सात लाख ५२ हजार उत्तरपुस्तिका संकलन गरेर जाँच गर्छौँ ।’

एसइई निर्देशिका, २०७९ अनुसार दुई विषयमा एनजी आएका विद्यार्थी पूरक परीक्षामा सहभागी पाउने हुन पाउँछन् । तर, तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले एनजी आएको सबै विषयमा परीक्षा दिन पाउने नियम जारी गरेसँगै सबै विद्यार्थी पूरक परीक्षामा सहभागी हुन लागेका हुन् ।

बोर्डले २३ देखि ३१ साउनसम्म पूरक परीक्षाको मिति तोक्दै तयारी परीक्षा मर्यादित बनाउन केन्द्रहरूलाई निर्देशन दिएको छ । बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा सञ्चालन हुनेछ ।

यस विषयमा एक लाख एक हजार ३८३ जना विद्यार्थीले परीक्षा दिँदै छन् । यसपटकको एसइईमा सबैभन्दा बढी एनजी गणितमा आएको छ । यो विषयमा एक लाख ७७ हजार ९८५ जनाले परीक्षा दिँदै छन् भने विज्ञान विषयमा एक लाख २६ हजार विद्यार्थीले एनजी ल्याएका थिए । परीक्षाको नतिजा १५–२० दिनमा प्रकाशन गरिने बोर्डले जनाएको छ । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.