add

बजेटमा बढेन प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान






ActPro Nepal

|

१५ जेठ, २०८१

|
165

काठमाडौं ।  संघ सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा प्रदेश र स्थानीय तहलाई दिँदै आएको वित्तीय समानीकरण अनुदानको रकम आगामी वर्षका लागि घटबढ गरेको छैन।

अर्थमन्त्री वर्षमान पुनद्वारा मंगलबार संसदमा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेटअनुसार संघ सरकारले आगामी आर्थिक वर्ष सात प्रदेशलाई ६० अर्ब र ७५३ स्थानीय तहलाई ८८ अर्ब रुपैयाँ हस्तान्तरण गर्नेछ।

आर्थिक वर्ष २०७९/८० मा प्रदेशलाई ५८ अर्ब ६६ करोड ७५ लाख र स्थानीय तहलाई ८७ अर्ब १५ करोड २९ लाख रुपैयाँ उपलब्ध गराएको सरकारले वित्तीय समानीकरण अनुदान चालु वर्ष बढाएर प्रदेशका लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब रुपैयाँ पु¥याएको हो।

आगामी वर्ष उक्त रकम बढाएको छैन। प्रदेश र स्थानीय तहलाई खर्चको आवश्यकता र राजस्व क्षमताका आधारमा समानीकरण अनुदान वितरण गर्नुपर्ने संविधानको धारा ६० मा व्यवस्था छ।

आगामी आवमा ससर्त अनुदान प्रदेशका लागि २५ अर्ब ८४ करोड र स्थानीय तहका लागि २ खर्ब ८ अर्ब ८८ करोड गरी जम्मा २ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ हस्तान्तरणका लागि विनियोजन गरेको अर्थमन्त्री पुनले बताए।

प्रदेश र स्थानीय तहलाई पूर्वाधारका आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान क्रमशः ६ अर्ब २० करोड र ७ अर्ब विनियोजन गरिएको बजेटमा उल्लेख छ। विशेष अनुदान प्रदेशको लागि ४ अर्ब ४० करोड र स्थानीय तहको लागि ८ अर्ब ५० करोड विनियोजन गरिएको छ।

ससर्त, समपूरक र विशेष अनुदान कार्यसम्पादनका आधारमा हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको अर्थमन्त्री पुनले उल्लेख गरे।

प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँटबाट रु. १ खर्ब ५९ अर्ब हस्तान्तरण हुने अनुमान छ। राजस्व बाँडफाँट र अनुदान गरी प्रदेश र स्थानीय तहमा आगामी आर्थिक वर्ष ५ खर्ब ६७ अर्ब रुपैयाँ हस्तान्तरण हुने अनुमान रहेको मन्त्री पुनले बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.