add

४४ सार्वजनिक संस्थानमध्ये २६ नाफामा,तीन वटाको कारोबार शून्य






ActPro Nepal

|

१४ जेठ, २०८१

|
234

काठमाडौं । हाल संचालनमा रहेकामध्ये झण्डै आधा सार्वजनिक संस्थान (सरकारी कम्पनी) घाटामा रहेका छन् । सरकारले आइतबार सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१’ अनुसार हाल अस्तित्वमा रहेको ४४ सार्वजनिक संस्थान मध्ये गत वर्ष २६ वटा संस्थान नाफामा गएका हुन् ।

त्यस्तै, १५ वटा संस्थान घाटामा रहेका छन् भने ३ वटाको कारोबार शून्य रहेको छ ।

सबैभन्दा धेरै नाफा गर्ने संस्थानहरूमा क्रमशः नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष रहेका छन् ।

त्यस्तै, धेरै घाटा व्यहोर्ने संस्थानहरूमा नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट र नेपाल टेलिभिजन शीर्ष पाँचमा छन् ।

निजीकरण गरिएका १८ वटा संस्थानमध्ये १० वटा नाफामा रहेको पाइएको छ । गत आवमा ४४ मध्ये २० वटा संस्थानले लेखापरीक्षण गराएका छन् भने २४ वटाले गराएका छैनन् ।

हाल नेपालमा ४४ वटा सार्वजनिक संस्थान अस्तित्वमा छन् । जसमा औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा ४, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा ५, जनोपयोगी क्षेत्रमा ५ र वित्तीय क्षेत्रमा ९ सार्वजनिक संस्थान रहेका छन् ।

संस्थानहरूको खुद नाफा अघिल्लो आवको तुलनामा ३०५० प्रतिशतले अर्थात् साढे ३१ गुणाले बढेको छ । गत आवमा सार्वजनिक संस्थानहरूको खुद नाफा ४८ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । अघिल्लो आव २०७८/७९ मा सार्वजनिक संस्थानहरूले कुल १ अर्ब ५४ करोड मात्र खुद नाफा कमाएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.