काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको राजनीतिक पछिल्लो दिनमा विकृत जस्तो भएको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित गंगादेवी थपलियाको जीवनयात्रा पुस्तक लोकार्पण कार्यक्रममा लिङदेनले राजनीतिलाई व्यवसाय बनाउने र पैसा कमाउने माध्यमको रुपमा बुझ्दा विकृत जस्तो भएको बताए।
उनले राजनीति भन्ने बित्तिकै ओढ्ने ओछ्याउने व्यवसाय, छोराछोरी पाल्ने पेसा जस्तो मानिराखेको र राजनीति गर्ने मान्छेसंग डराउने अवस्था आएको उल्लेख गरे। उनले राजनीतिक लेखपढले मात्रै नहुने उल्लेख गरे।
राजनीतिलाई पेशा नभई सेवाको रुपमा अवलम्वन गर्ने अग्रजहरुप्रति सम्मान रहेको उनले बताए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।