add

आज भ्यालेन्टाइन डे : कुन राशी भएकाले कुन राशीसँग प्रेम प्रस्ताव राख्ने ?






ActPro Nepal

|

२ फागुन, २०८०

|
464

काठमाडौं । फागुन २ गते अर्थात् फेब्रुअरी १४ तारिखमा हरेक व्यक्तिले आफ्नो प्रेमी वा प्रेमिका मिलोस् भन्ने चाहना हुन्छ । यति तपाईँहरु पनि आफ्नो मनमा यस्ता चाहना पालेर बस्नुभएको छ भने आफ्नो राशीअनुसार प्रेम अभिव्यक्त गर्न सक्नुहुन्छ । यस वर्षको प्रणय दिवस कुन राशीका लागि कस्तो रहनेछ ? र कुन राशीका मानिसहरुको स्वभाव कस्तो हुन्छ ? भन्ने विषयमा जानकारी गराउदैछौँ।

ज्योतिषशास्त्रअनुसार कुन राशि भएकाले कुन राशि भएकासँग प्रेम गर्दा दिगो हुन्छ ? हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- मेष राशी भएका मानिसहरूले तुला राशि हुने मानिसहरूसँगको सम्बन्ध सबैभन्दा राम्रो हुनेछ । कन्या र वृश्चिक राशी हुनेहरूसँगको सम्बन्ध नोक्सानदायक हुनेछ भने बाँकी राशी हुनेहरूसँग मेष राशि हुनेहरूले काम गर्दा राम्रो हुन्छ । पूर्व दिशा मेष राशिको लागि राम्रो रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- वृष राशीमा जन्मिएका महिला तथा पुरुषहरूका लागि तुला र धनु राशी हुने मानिसहरूसँगको सम्बन्ध अति नै नराम्रो मानिन्छ । यो राशीहुनेहरूका लागि भने वृश्चिक राशी सबैभन्दा राम्रो राशीका रुपमा हेरिन्छ । बाँकी राशीहरूसँगको सम्बन्ध राम्रो नै रहनेछ । दक्षिण तिरको दिशामा काम गर्दा छिटो सफलता मिल्नेछ ।

मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- मिथुन राशी हुनेहरूका लागि धनु राशी सबैभन्दा राम्रो राशीका रुपमा हेरिन्छ । मकर तथा वृश्चिक राशी हुनेहरूको सम्बन्ध खासै राम्रो मान्न सकिँदै । बाँकी रहेका राशिहरूसँग सम्बन्ध गाँस्दा राम्रो नै रहनेछ । पश्चिम दिशा मिथुन राशीको आफ्नो दिशा हो, काम कारोबार गर्दा राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- कर्कट राशीमा जन्मिएका सबै मानिसहरूका लागि मकर राशि हुनेहरूसँगको सम्बन्ध अति नै राम्रो मानिन्छ । तर, धनु र कुम्भ राशीका मानिसहरूसँगको सम्बन्ध भने नराम्रो हुनेछ । अरु राशि हुनेहरूँंग काम कारोबार गर्दा फाइदाजनक रहने छ । विशेष गरि उत्तर दिशामा काम गर्दा राम्रो नै मानिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- सिंह राशी हुनेहरूले कुम्भ राशी हुनेहरूसँग प्रेम गर्दा धेरै नै राम्रो हुन्छ । विशेष गरी मकर र मीन राशि हुनेहरूसँगको सम्बन्ध राम्रो मानिँदैन । बाँकी राशीहरूसँग भने काम गर्दा राम्रो नै मानिन्छ । पूर्व तिरको दिशामा काम गर्दा परिवारमा खुसी र प्रगति गराउँछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- कन्या राशीमा जन्मेका मानिसहरूका लागि भने मीन राशी भएका मानिसँग प्रेम गर्दा सोचेअनुसरको सफलता मिल्ने छ । कन्या राशीको लागि कुम्भ तथा मेष राशी हुनेहरूसँगको सम्बन्ध निकै कमजोर मानिन्छ । त्यसैले कारोबार नगर्नु भएकै राम्रो हुनेछ । अरु बाँकी रहेका राशी हुनेहरूसँगको सम्बन्ध भने राम्रो नै रहनेछ । कन्या राशीको लागि दक्षिण दिशा शुभ मानिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- तुला राशी हुनेहरूले मेष राशि हुनेहरूसँग सम्बन्ध राखेर काम गर्दा राम्रो मानिन्छ । मीन र वृष राशी हुनेसँग भने एकदमै नराम्रो हुन्छ । बाँकी रहेका राशीहरूसँग भने काम गर्दा राम्रो हुन्छ । पश्चिम दिशा राम्रो मानिन्छ । त्यो दिशातर्फ काम गर्दा परिवारमा खुशियाली बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- वृश्चिक राशी हुनहरूले विशेषगरी वृष राशि हुनेहरूसँग सम्बन्ध राखेमा विशेष फदा हुनेछ । मेष र मिथुन राशी हुने हरूसँग राम्रो मानिँदैन । अरु राशीसँग मिलेर काम गर्दा फाइदाजनक हुनेछ । महत्त्वपूर्ण कारोबार गर्दा घरभन्दा उत्तर दिशामा गएर गरेका कामबाट सफलता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- धनु राशी हुनेहरूले विशेष गरी मिथुन राशीहुनेहरूसँग प्रेम सम्बन्ध राम्रो हुनेछ । वृष र कर्कट राशी हुनेसँग प्रेममा सफलता पाउन भने गाह्रो हुनेछ । यी राशीसँगका व्यक्तिसँगको कुनै पनि कारोबार अन्तिममा पूरा नहुदै रोकिने हुन्छ । यी दुई राशी वृष र कर्कटबाहेकका अरु राशि हुनेहरूसँगको सम्बन्ध राम्रो हुनेछ । विवाह गर्दा समेत राम्रो नहुने हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- मकर राशीमा जन्मेका मानिसका लागि कर्कट राशि हुनेसँगको सम्बन्ध निक्कै राम्रो मानिन्छ । तर, मकर राशी हुनेले मिथुन र सिंह राशि हुनेसँग काम नगरेकै राम्रो हुन्छ । अरु राशि हुनेसँगको सम्बन्ध राम्रो नै मानिन्छ । मकर राशी हुनेले विशेष गरी दक्षिण दिशामा बसेर काम गरेमा राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- विशेषगरी कुम्भ राशीका मानिसले सिंह राशि हुनेसँगको सम्बन्ध राम्रो मानिन्छ । तर, कर्कट र कन्या राशी हुनेसँगको सम्बन्ध भने नराम्रो नै मानिन्छ । पारिवारिक सम्बन्धका लागि बाँकी रहेका राशीसँगको सम्बन्ध राम्रो नै मानिन्छ । कुम्भ राशी हुनेले पश्चिम दिशामा बसेर काम काम गरेमा लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- मीन राशीमा जन्मिएका मानिसले विशेषगरी कन्या राशी हुनेसँगको सम्बन्ध निक्कै राम्रो मानिन्छ । सिंह र तुला राशी हुनेसँगबाहेक अरु राशीसँगको सम्बन्ध राम्रो नै मानिन्छ । विशेष प्रगतिको लागि उत्तर तथा पूर्व दिशाहरू लाभदायक हुनेछन् ।

ज्योप सुरेशचन्द्र रिजाल 

यो पनि पढ्नुहोस :

तपाई भ्यालेन्टाइन डे को दिन कता जाने अलमलमा हुनुहुन्छ ? हेर्नुस् यो सूची

“भ्यालेन्टाइन डे” समन्धि रोचक जानकारी



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.