add

सरगम राई 'चाहना बढ्दै गो' सार्वजनिक






ActPro Nepal

|

१६ पुष, २०८०

|
340

काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो…’ सार्वजनिक भएको छ ।

गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन  लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ ।

प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । आफ्नी प्रेमीकालाई पाउने चाहना बढ्दै गएको कुरा गायकले गीतमा व्यक्त गरेका छन् ।

सोनम पाख्रिनको निर्देशन तथा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो दिनेश पराजुलीले छायाङ्कन गरेका हुन् भने सम्पादन विजेश पौडेलको रहेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.