add

यस्तो छ प्रभासको फिल्म 'सलार' मा मेनुका पौडेलले गाएको गीत (भिडिओ)






ActPro Nepal

|

२८ मंसिर, २०८०

|
189

काठमाडौ ।  दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म 'सलार' मा नेपालकी मेनुका पौडेलले गाएको गीत सार्वजनिक भएको छ। बुधबार हम्बले फिल्म्स युट्युब च्यानलमार्फत 'सुरज हि छाहो बन्के' बोलको गीत सार्वजनिक गरिएको हो। मेनुकाले केही दिनअघि इन्डियन आइडलको मञ्चमा यस फिल्ममा गीत गाएको जानकारी दिएकी थिइन्।

  यस गीतको लिरिकल भिडिओ सार्वजनिक गरिएको छ। जसमा प्रभास र पृथ्वीराज सुकुमारनलाई प्रस्तुत गरिएको छ। रिया मुखर्जीको शब्द रहेको गीतमा रवि बसरुरले संगीत भरेका छन्।

'केजिएफ' निर्देशक प्रशान्त नीलले निर्देशन गरेको फिल्ममा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारनलगायत कलाकारको अभिनय छ। 

यो फिल्म २२ डिसेम्बरदेखि प्रदर्शन हुनेछ। 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.